Home / Feature Breaking news / प्रदेश नं. २ को दोश्रो जित

प्रदेश नं. २ को दोश्रो जित

दाङ,५ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश नं. २ महिला फुटवल टिमले दोश्रो जित निकालेको छ । दाङको घोराहीमा बुधवारदेखि शुरु भएको आठौ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा अन्तर्गत तेश्रो खेलमा प्रदेश नं. ५ लाई १ विरुद्ध ३ गोल गर्दै प्रदेश नं. २ बिजयी भएको हो ।

घोराहीको भरतपुर खेलकुद मैदानमा भएको प्रतियोगितामा प्रदेश नं. २ को जितेका लागि ३ जना खेलाडीहरुले १–१ गोल गरेका थिए । प्रदेश नं. २ को जितका लागि जर्सी नं. ११ कि रजनी ठोकरले १ गोल, जर्सी नं. ५ कि सजनी ठोकरले १ गोल र जर्सी नं. ७ कि दिलकुमारी रानाले १ गोल गरेकी थिइन ।

5

प्रदेश नं. ५ कातर्फवाट जर्सी नं. १० कि खेलाडी ममता पुनले सान्त्वना १ गोल फर्काएकी थिइनन । आज दोश्रो खेल प्रदेश नं. ३ र सुदुरपश्चिम प्रदेशका विच हुने भएको छ । खेल दिउँसो ३ बजे हुने भएको छ ।
११ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र ३ विभागीय टोली गरि दश वटा महिला फुटवल टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गतका दाङ र कपिलवस्तुमा लिग अन्तर्गतका खेलहरु भईरहेका छन ।

दाङमा प्रदेश नं. २, प्रदेश नं. ३, प्रदेश नं. ५, नेपाल प्रहरीको महिला फुटवल टिम, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका महिला फुटवल टिमहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*