Home / समाचार / मैत्रीपुर्ण फुटबल खेलमा जेसीज बिजयी

मैत्रीपुर्ण फुटबल खेलमा जेसीज बिजयी

घोराही, ४ बैशाख । त्रिभुबन नगर जेसीजले आयोजना गरेको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बुधवार मैत्रीपुर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको छ । जेसीज र बैंकर्सबीच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगीतामा जेसीज बिजयी भएको हो ।

प्रतियोगीतामा जेसीजले ८ गोल गरेर बैंकर्सलाई हराएको हो । जेसीजलाई बैंकर्सको टोलीले ४ गोल गरेको थियो । जेसिजका अध्यक्ष बसन्तराज अधिकारीको अध्यक्षता तथा गणका गणपती सुमन थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । खेलको सुुरुवात प्रमुख अतिथि सुुमन थापा मगरले बल हानेर गर्नुुभएको थियो ।

प्रतियोगीता संयोजक बाबुराम पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सप्ताहब्यापी कार्यक्रम्रमको बारेमा जेसीजका कार्यकारी उपाध्यक्ष रविकिरण केसीले जानकारी गराउनुभएको थियो ।

a
कार्यक्रमको सहजीकरण महासचिब रोशन दाहालले गर्नुभएको थियो । त्यस अबसरमा रिपु मर्दन गणलाई मायाको चिनो र कदर पत्र प्रदान गरिएको थियो । यस्तै बैंकर्स एशोसियसनलाई ट्रफि प्रदान गरिएको थियो । साथै त्रिभुबन नगर जेसीजका अध्यक्ष बसन्त अधिकारीले सबैलाइ धन्यबाद ग्यापन गनुुभएको थियो । सप्ताह अन्तर्गत भोली पाचैदिन घोराहीको तुलसीपुर चोकमा लागु पदार्थ दुब्र्यसन बिरुद्ध सडक नाटक प्रदर्शन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*