Home / Feature Breaking news / शरण सम्झना कपः चार टिम सेमिफाइनलमा

शरण सम्झना कपः चार टिम सेमिफाइनलमा

दाङ,४ बैशाख । स्व.रामशरण थापा स्मृति आमन्त्रण रनिङशिल्ड प्रतियोगिता ‘शरण सम्झना कप–२०७५’ को सेमिफाइनमा चार टिम प्रवेश गरेका छन । मंगलवार सम्पन्न भएका लिग अन्तर्गतका खेलवाट आयोजक राप्ती क्लवसहित न्यू स्टार फुटवल एकेडेमी नारायणपुर, युएनबिसी र बडहरा युवा क्वल सेमिफाइनमा प्रवेश गरेका हुन ।

लिग अन्तर्गत भएका खेलमा समूह ‘ए’वाट मेघा युथ क्वललाई हराउँदै बडहरा, युवा क्वल, समूह ‘बी’ वाट एसएसएफएलाई हराउँदै राप्ती क्वल , समूह ‘सी’वाट नवलपुर युथ क्वललाई हराउँदै यूएनबिसी र समूह ‘डी’वाट रतनपुर–११ लाई हराउँदै न्यू स्टार फुटवल एकेडेमी सेमिफाइनल प्रवेश गरेका आयोजक राप्ती क्वलका सचिव श्यामकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार सेमिफाइन खेल बैशाख ५ गते विहिवारदेखि हुनेछन । प्रतियोगिताको पहिलो सेमिफाइन खेल आयोजक राप्ती युवा क्लव र न्यू स्टार फुटवल एकेडेमी नारायणपुर बिच हुने भएको भने दोश्रो खेल बडहरा युवा क्वल र यूएनबिसी क्वलका बिच हुने भएको छ । प्रतियोगिता अन्र्तगत पहिलो खेल विहिवार दिउँसो साढे तीन बजे र दोश्रो खेल शुक्रवार साढे तीन बजे घोराहीको भरतपुर खेल मैदानमा हुनेछन ।

प्रतियोगितामा प्रथम हुने फुटवल टिमले नगद ५५ हजार पाँच सय ५५सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितिय हुने फुटवल क्लवले नगद २५ हजार पाँच सय २५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताका उत्कृष्ठ खेलाडीलाई एभेष्ट बैङक लिमिटेड तुलसीपुर शाखाले नगद दश हजार प्रदान गर्ने भएको छ । प्रतियोगिता सवैभन्दा धेरै गोल गर्ने खेलाडीलाई नगद दश हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*