Home / Feature Breaking news / शरण सम्झना कपः न्यू स्टारको जित

शरण सम्झना कपः न्यू स्टारको जित

दाङ,२९ चैत । स्व.रामशरण थापा स्मृति आमन्त्रिण रनिङशिल्ड प्रतियोगिता ‘शरण सम्झना कप–२०७५’ अन्तर्गत शुक्रवार भएको खेलमा न्यू स्टार फुटवल एकेडेमी नारायणपुरले सानदार जित निकालेको छ । शुक्रवार भएको दोश्रो खेलमा न्यू स्टारले जित निकालेको हो ।

घोराही–१५ को भरतपुर खेल मैदानमा भएको खेलमा फुर्सेखाली युवा क्लवलाई ० का विरुद्ध ६ गोल गर्दै जित निकालेको हो । सुरुदेखि नै दवाफ सिर्जना गरेको न्यू स्टार फुटवल एकेडेमीले फुर्सेखालीलाई कुनै पनि गोल गर्ने अवसर दिएन् । न्यू स्टारको जितकालागि खेलाडीहरु सुरेन्द्र चौधरीले २, बिशाल केसी १,सोमराज वली १, विनोद पुन र अनिप थारु कुमालले १–१ गोलको योगदान गरेका थिए । फुर्सेखाली युवा क्वलका खेलाडीहरुले गोलका लागि प्रयास गरेपनि न्यू स्टारका किपर सन्तोष बुढाथोकीले उत्कृष्ट बचाउ गरेका थिए ।

त्यस्तै शुक्रवार विहान भएको पहिलो खेलमा युएनबिसी क्लव घोराही र सक्सेस युवा क्वल तुलसीपुर ड्र खेलेका छन । निकै प्रतिष्प्रधात्मक खेलमा दुवै क्वलका खेलाडीहरुले १–१ गोल गरेका थिए । उक्त खेलमा युएनबिसीका स्वप्निल कुमाईले १ गोल र सक्सेसका दिपक सिंह ठकुरीले १ गोल गरेका थिए ।

राप्ती क्वल घोराहीको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत शनिवार विहान मेघायुथ क्लव र किसान जागृति युवा क्वलका बिच र दोश्रो खेल राप्ती क्वल घोराही र एसएसएफए फुटवल क्लवका बिच हुने भएको आयोजक राप्ती क्लवका सचिव श्यामकुमार गिरीले जानकारी दिए । उनका अनुसार पहिलो खेल शनिवार विहान सात बजे दोश्रोे दिउँसो साढे तीन बजे हुनेछ ।

प्रतियोगितामा प्रथम हुने फुटवल टिमले नगद ५५ हजार पाँच सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितिय हुने फुटवल क्लवले नगद २५ हजार पाँच सय २५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताका उत्कृष्ठ खेलाडीलाई एभेष्ट बैङक लिमिटेड तुलसीपुर शाखाले नगद दश हजार प्रदान गर्ने भएको छ । प्रतियोगिता सवैभन्दा धेरै गोल गर्ने खेलाडीलाई नगद दश हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव गिरीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई एभरेष्ट बैंक तुलसीपुर शाखाले नगद दश हजार सहयोग गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*