Home / Feature Breaking news / मोडेलको पहिलो बार्षिक उत्सव

मोडेलको पहिलो बार्षिक उत्सव

नारायणपुर, २८ चैत

मोडेल ईङ्लिस बोडिङ स्कूल घोराही १० ले प्रथम बार्षिक उत्सव मनाएको छ । विद्यालयले वुधवार एक कार्यक्रम गरि बार्षिक उत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्इक्ष नविन आचार्यको अध्यक्षता एवं प्याबसनका निवर्तमान केन्द्रिय सह कोषाध्यक्ष सरिता देवकोटाको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघ दाका कोषाध्यक्ष आर.के.शीतलको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले देवकोटाले शैक्षिक क्षेत्रमा निजी विद्यालयहरुको अतुलनिय योगदान रहेको बताए ।

उनीहरुले विद्यार्थीहरुको शिक्षामा विद्यालय परिवारकासाथै अभिभावकहरुले पनि त्यत्तिकै ध्यान दिन आवशयक रहेको बताका थिए ।
बार्षिक उत्सवको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

साथै त्यस अवसरमा विद्यार्थीहरुको शैक्षीक अन्तिम नतिजा प्रकाशन गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य लिलाधर शर्मा, अभिभावक हरि डिसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सीपल सुशील वलीको

विद्यालयको बार्षिक कार्यहरु र आगामी योजनाका बारेमा जानकारी दिनुभएको थियो । शिक्षक भावना शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक रोहित केसीले गर्नुभएको थियो ।

त्यस अवसरमा विद्यालयले बार्षिक उत्सवको अवसरमा एक मृगौला पिडीतलाई सहयोग गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ का मृगौला पिडित विजय परियारलाई विद्यालयको तर्फबाट नगद १० हजार आर्थिक सहयोग गरिएको थियो । यसका साथै पिडित परियारका एक सन्तानलाई निशुल्क विद्यालयमा पढाउने विद्यालयका प्रिन्सीफ सुशील वलीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*