Home / Feature Breaking news / अनुदानमा माहुरी

अनुदानमा माहुरी

अमरराज आचार्य
दाङ, २६ चैत । जिल्लामा एक सहकारी संस्थाले माहुरी पालन सम्वन्धी परामर्शसँगै अनुदानमा माहुरी समेत दिने गरेको छ । घोराही उप महानगरपालिका वडा नं १५ को अम्विकेश्वरी माहुरीपालन संहकारी संस्थाले कृषकलाई माहुरी पालन सम्वन्धी परामर्श तथा सहुलीयत दरमा माहुरी समेत उपलव्ध गराउने गरेको छ ।

संस्थाले १ वर्षको अवधीमा १ हजार ४ सय ४० जनालाई परामर्श दिएको संस्थाका अध्यक्ष मिनराज घिमिरेले बताए । परामर्श लिन आउने मध्ये युवा जन शक्ति भन्दा पनि महिला तथा वृद्धहरुको सङख्या धेरै छ । आफनो जग्गा नभए पनि थोरै जग्गामा समेत व्यवसाय गर्ने सकिने भए पछि यस तर्फ कृषकहरुको आकर्षण भएको घिमिरेले बताए ।

त्यसै गरेर थोरै लगानीमा राम्रो नाफा कमाउन सकिने उनले बताए । जि आइ जेट, र साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको सहयोगमा हाल करिव ४ वर्षको अवधीमा १ हजार ४ सय घार माहुरी अनुदान सहयोगमा वितरण गरेको उनले बताए । संस्थाले जि आइ जेटको सहयोगमा १२ सय घार माहुरी केही समय अघि वितरण गरेको र हालै मात्र साना तथा मझौला कृषक वृद्धि आयोजनाको सहयोगमा २ सय घार माहुरी अनुदानमा वितरण गरेको छ । ‘हामीले अन्य निकायको सहयोगमा कृषकलाई ५० प्रतिशत अनुदानमा माहुरी दिने गरेका छौ’ अध्यक्ष घिमिरेले भने ‘ यो कार्यले व्यवसाय गर्न कृषकलाई सहज र उत्साह थपेको छ ।’

संस्थाका अहिले १ सय ३२ जना सेयर सदस्य छन् भने ७ हजार माहुरीका गोला छन् । संस्थाका १४ वटा समुह समेत छन् । संस्थाले मह प्रशोधन गरि विक्री समेत गर्ने गरेको छ । संस्थाले जि आइ जेटको सहयोगमा मह प्रशोधन केन्द्र समेत स्थापना गरेको छ । करिव ८ लाखको लगानीमा मह प्रशोधन केन्द्र स्थापना गरेको जनाएको छ । एक पटकमा ३ सय के जि मह प्रशोधन क्षमता रहेको घिमिरेले बताए । प्रशोधन गरिएको मह ३ सय ८० रुपैया प्रति केजिमा विक्री गर्ने गरेको छ ।

प्रशोधन गरिएको मह वढी मात्रामा नेपालगञ्ज, वुटवल, पोखरा, काठमाडौ जाने गरेको छ । संस्थाले अहिले आफना सदस्यले उत्पादन गरेको मह खरिद गरिदिने भएकोले कृषकहरुलाइ विक्री गर्नेका लागि समेत सहज भएको छ । संस्थाले अहिले साना तथा मझौला कृषक वृद्धि आयोजनाको सहयोगमा मह सङकलन भवन समेत स्थापना गरेको छ । त्यसैगरेर सहकारीका सदस्यहरुलाई माहुरी पालन सम्वन्धी तालिम समेत प्रदान गरिएको संस्थाका कोषाध्यक्ष एकराज घिमिरेले बताए । कुल ३६ लाख ९४ हजार ३ सय २३ लागत रहेको छ । सहकारीको २० लाख ८२ हजार ७ सय ६१ रुपैया र अनुदान १६ लाख ११ हजार ५ सय ६१ रुपैया रहेको कोषाध्यक्ष एकराजले बताए ।

फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*