Home / खेलकुद / युवा व्यवसायी वलीद्धारा एकेडेमीलाई जर्सी सहयोग

युवा व्यवसायी वलीद्धारा एकेडेमीलाई जर्सी सहयोग

तुलसीपुर, २६ चैत । घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी समाजसेवी तथा युवा व्यवसायी जयराम वली (जीवन)ले न्यू स्टार फुटवल एकेडेमीका खेलाडीलाई जर्सी सहयोग गरेका छन ।

घोराहीमा जारी स्व.रामशरण थापा स्मृति आमन्त्रण रनिङशिल्ड प्रतियोगिता ‘शरण सम्झना कप’लाई मध्यनजर गर्दै वलीले घोराही उपमहानगरपालिका वडा नं. १० मा रहेको य न्यू स्टार फुटवल एकेडेमीलाई १५ हजार मुल्य बराबरको २० सेट जर्सी एकेडेमीलाई सहयोग गरेका छन ।

युवा व्यवसायी वलीले मंगलवार एकेडेमीका अध्यक्ष खुमबहादुर वलीलाई जर्सी हस्तान्तरण गरेका हुन । जर्सी सहयोग गर्ने वलीलाई एकेडेमीका अध्यक्ष खुमबहादुर वलीले धन्यावाद ज्ञापन गर्दै खेलक्षेत्रलाई अगाडी बढाउन आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*