Home / Feature Breaking news / रामशरण थापा स्मृति रनिङ शिल्ड फुटवल प्रतियोगिता आजदेखि

रामशरण थापा स्मृति रनिङ शिल्ड फुटवल प्रतियोगिता आजदेखि

दाङ २३ चैत । रामशरण थापा स्मृति रनिङ शिल्ड फुटबल कप–२०७५ प्रतियोगिता आज शनिवारदेखि सुरु हुने भएको छ । घोराहीको भरतपुर खेल मैदानमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक राप्ती क्लवले जनाएको छ ।

१२ टिमले सहभागिता जनाएको प्रतियोगिता आजदेखि बैशाख सात गतेसम्म चल्ने छ । फिफाको नियम अनुसार खेलाईने प्रतियोगितामा सहभागी टिमले २ जना खेलाडी जिल्ला बाहिरवाट सहभागी गराएका छन । प्रतियोगिताकाखेलहरु लिग र नक आउट चरणमा खेलाईने आयोजक राप्ती क्लवले जनाएको छ ।

प्रतियोगिताको उदघाटन खेल बडहरा युवा क्लव र किसान जागृती युवा क्लवका विच हुने भएको छ । प्रतियोगितामा प्रथम हुने फुटवल टिमले नगद ५५ हजार पाँच सय ५५सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितिय हुने फुटवल क्लवले नगद २५ हजार पाँच सय २५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक राप्ती क्लवका सचिव श्याम गिरीले बताए । प्रतियोगितामा उत्कृष्ठ खेलाडी, उत्कृष्ठ किपरलगायतका खेलाडीहरु छनोट गरेर पुरस्कृत गरिने भएको छ ।

यसैविच आयोजक राप्ती क्लवले प्रतियोगिताको उदघाटन खेलमा सहभागीतका लागि सवैमा अनुरोध गरेको छ । शनिवार दिउँसो एक बजे उदघाटन कार्यक्रममा सहभागीका लागि सम्पुर्ण खेलाडी, सञ्चारकर्मी, खेलप्रेसीलगायत घोराहीवासीमा आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*