Home / Feature Breaking news / पत्रकार सुरक्षामा गम्भीर बन्न आग्रह

पत्रकार सुरक्षामा गम्भीर बन्न आग्रह

दाङ, २२ चैत

नेपाल पत्रकार महासंघको टोलीले लुम्बिनीका पत्रकार बिन्दु कुमार चौहान घटनाको दोषीलाई कानुनीमा दायरामा ल्याउन तथा पिडितलाई सुरक्षाको प्रत्याभुती दिलाउन आग्रह गरेको छ ।

महासंघका उपाध्यक्ष विपुल पोखरेल तथा पूर्ब अध्यक्ष धर्मेन्द्र झा लगायतको टोलीले घटनाको स्थलगत अध्ययन गरि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी सित कुरा गर्दै सो आग्रह गरेको हो

महासंघको सो टोलीले इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक शंकर पोखरेललाई भेटेर पत्रकारको सुरक्षा प्रति संबेदनशील भई सत्य तथ्य अनुशन्धान गर्न र सम्पूर्ण पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको छ ।
” हामिले परिवारका सदस्यलाइ भेटेउ, उहाहरु त्रसित हुनुहुन्छ” उपाध्यक्ष पोख्रेलले भने”दोषीलाई कारबाही गरि त्यो त्रास हटाउदै कानूनीराजको प्रत्याभूत दिन स्थानीय प्रशासनको ध्यानाकर्षण गरएका छौ ।” उनले सबै पत्रकारको सुरक्षामा राज्य गम्भीर बन्नु पर्नेमा जोड दिए ।

सोही क्रममा पूर्ब अध्यक्ष झाले समाचार लेखेकै भरमा पत्रकार असुरक्षित हुने घटनाले महासंघलाई गम्भीर ध्यानाकर्षण गराएको जिकिर गर्दै उनले अनुशन्धान असफल भएमा अपराधीको मनोबल बढ्ने तथा पत्रकारको मनोबल गिर्ने हुदा घटना प्रति गम्भीर भएर लाग्न आग्रह गरेका छन ।

घटनास्थल अनुगमन गर्ने क्रममा पिडित परिवार सित कुरा गर्दै उनले पत्रकारको सुरक्षा प्रति महासंघ संबेदनशील रहेको जनाउदै पिडित परिवार प्रति सहानुभुति प्रकट गर्दै धैर्य धारण गर्न आग्रह गर्नु भएको छ ।

सोही क्रममा नेपाल पत्रकार महासंघ ५ नं.प्रदेश सदस्य राम बिकास चौधरी तथा जिल्ला सदस्य बिरेन्द्र मिश्रले समाचार लेखेकै कारण लुम्बिनी क्षेत्र लगायतका पत्रकारहरु असुरक्षित रहेको बताउदै चौहान घटनाको यथाशीघ्र सत्य तथ्य छानबिन गरि दोषीमाथि कडा कारवाहीको माग गर्नु भयो ।

लुम्बिनीका पत्रकार बिन्दु कुमार चौहानको १८ वर्षीय छोरीलाई अज्ञात समूहले गत १९ गते राती अपहरण गरि बन्धक बनाएका थिए । शारीरिक तथा मान्सिक रुपले अपागं रहेकी पत्रकार चौहानका अपहरित छोरी २० गते बिहान मात्र फेला परेकी थिइन ।

केही दिन अघि सोही क्षेत्रबाट भइरहेको गोरु तश्करीका बिषयमा समाचार लेखेपछि ज्यान मार्ने धम्की दिने समूहले आफूलाई मान्सिक यातना दिन सो घटना गरेको हुन सक्ने उनको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*