Home / Feature Breaking news / सरकारले लगानीका लागि उपयुक्त वातावरण बनाउन सकेनः सभापति देउवा

सरकारले लगानीका लागि उपयुक्त वातावरण बनाउन सकेनः सभापति देउवा

दाङ,२० चैत । देशको विकासकालगि लगानी सम्मेलन आवश्यक रहेपनि सरकारले लगानी गर्ने बातावरण बनाउन नसकेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन ।

दाङको लमहीमा प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै पाटी सभापति देउवाले नेपालमा लगानी गर्न दाताहरु उत्साहित भएपनि लगानीको सुरक्षा हुन नहुनेमा लगानीकर्ताहरु ढुक्क हुने बातावरण सरकारले बताउन नसकेको बताए र्। देशको समृद्धिका लागि लगानी आवश्यक छ, उनले भनेर्, तर लगानीकर्ता ढुक्क हुनेवातावरण बनेको छैन ।

त्यस्तै उनले पाटीभित्र आफनो आलोचना हुने गरेको बताए । आफुले वर्तमान सरकारको विरोध गर्ने गरेपनि पाटीभित्र आफ्नो विरोध हुने गरेको बताए र्। म ओली सरकारको खिलापमा जान्छु, उनले भनेर्,तर पाटीका साथीहरु मेरै खिलापमा जान्छन ।

सभापति देउवाले सरकारले एक वर्षको समयमा कुनै पनि उपलब्धीमूलक काम गर्न नसकेको बताए । सरकारले विकास र समृद्धिका ठूला कुरा गर्ने गरेपनि देखिने गरि एक बर्षको अवधिमा केही काम गर्न नसकेको बताए ।

संसदमा कांग्रेसले प्रतिपक्षको भूमीका खेल्न नसकेको हो भन्ने पत्रकारहरुको प्रश्नमा देउवाले आफुहरु प्रतिपक्षको स्पष्ट भुमिकामा रहेको बताए । उनले रेलिङ बाच्ने र तोडफोड गर्ने प्रतिपक्षको काम नभएको बताए । हामीले प्रतिपक्षका रुपमा सशक्त रुपमा कुरा उठाएका छौँ रेलिङ बाच्ने काम गरेका छैनौ उनले भने चाहान्नुहुन्छ भने त्यो पनि गरेर देखाइदिउला ।

उनले अनशासन समितिमा आफ्ना विरुद्ध परेको अनशासनहिन काम गरेको भन्ने उजुरी भ्रमपुर्ण रहेको बताए । त्यस्तै देउवाले प्रदेश नं. ५ को स्थायी राजधानी तोक्ने जिम्मामा प्रदेशको हातमा रहेको बताए । तत्कालिन समयमा आफुले अस्थायी राजधानी तोक्नै पार्ने स्थीति आएको र तत्कालिन अवस्थामा प्रदेशको अस्थायीमुकामका लागि अनेत्र पूर्वाधार नबनेका कारण बुटवल तोकेको बताए ।

प्रदेशको स्थायी राजधानी सवैलाई पायक पर्ने स्थानमा बनाउनुपर्ने समेत बताए । प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।

विपी स्मृति भवनको शिलन्यास

यसैविच पार्टी सभापति देउवाले लमहीको रातामाटामा विपी स्मृति भवनको शिलन्यास गरेका छन् । नेपाली काग्रेस क्षेत्र न..१ को पार्टी कार्यालयको उदघाटन गरेका हुन । भवन करिव एक करोड ६५ लाख रुपैयामा बन्न लागेको नेपाली काग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेयले जानकारी दिए । लमही नगर विकास समितिले दिएको करिव दुई कट्टा जमिनमा १२ कोठाको भवन बन्न थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*