Home / Feature Breaking news / स्वर्गद्वारी बन समुहमा प्रजातान्त्रिक समूह बिजयी

स्वर्गद्वारी बन समुहमा प्रजातान्त्रिक समूह बिजयी

दाङ,१९ चैत । घोराही उपमहानगरपालिका वडा न २ रामपुरको पलासेमा रहेको स्वर्गद्वारी सामुदायिक बन समूहमा नेतृत्व चयनका लागि आज मगलवार भएको चुनावमा प्रजातान्त्रिक समूह अध्यक्ष सहित सबै पदमा बिजयी भएको छ ।

काग्रेस नेता कृष्ण किशोर घिमिरे तथा कमलकिशोर घिमिरेको बन समूह भएका कारण पनि यो चुनावलाई रामपुरमा निकै चर्चाको विषयका रुपमा लिइएको थियो । चुनाबका काग्रेसको एउटा समूह र नेकपा सहित अरु सबैको फरक समूह गराइ चुनावमा गएका थिए । स्थानीय तहमा बनको यो चुनावलाई काग्रेस र नेकपाको उपस्थितिका रुपमा लिइएको थियो ।
चुनानको मतपरिणाम अनुसार अध्यक्षमा प्रजातान्त्रिक समुहका फूलमान चौधरी १ सय ४३ मत ल्याएर बिजयी हुनु भएको छ । बामपंथी समूहका निवर्तमान अध्यक्ष बिरबहादुर बि क ले १ सय १ मत ल्याउनु भएको छ ।

उपाध्यक्षमा प्रजातान्त्रिक समूहका उपाध्यक्ष जगदीश चौधरी, सचीवमा रिता चौधरी र कोषाध्यक्षमा शरद के सि बिजयी हुनुभएको छ । सदस्यहरुमा बाधु चौधरी, मुक्ति थापा, मिनाकुमारी चौधरी, अमृता बि क र सुन्दरा नेपाली बिजयी हुनुभएको पलासेबाट चुडामणि आचार्यले जानकारी दिनुभएको छ ।

२ सय ६४ उपभोक्त रहेकोे उक्त बन समुहको चुनावमा २ सय ५२ मत खसेको थियो । ५ मत बदर भएको थियो । चुनावी परिणामपछि अहिले रामपुरमा बाजागाजा सहित बिजयी जुलुस निकालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*