Home / समाचार / कल्पु धर्मशाला व्यवस्थापन समितिमा नयाँ नेतृत्व

कल्पु धर्मशाला व्यवस्थापन समितिमा नयाँ नेतृत्व

दाङ,१९ चैत । घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको कुल्पु धर्मशाला व्यवस्थापन समितिले ४२ महिनापछि नयाँ नेतृत्व पाएको छ । नारायण गुप्ताको अध्यक्षतामा १० सदस्य कल्पु धर्मशाला व्यवस्थापन समिति बनेपछि समितिले नयाँ नेतृत्व पाएको हो ।

समितिको उपाध्यक्षमा गणेशकुमार गुप्ता, सचिव बसन्तकुमार गुप्ता, सह–सचिव कनक देवी गुप्ता, कोषाध्यक्ष दिलकुमारी बुढा रहेका छन । सदस्यहरुमा भक्तबहादुुर चौधरी, ईनामुर रहमान मुसलमान, शुनिलकुमार गुप्ता, अरुणकुमार गुप्ता र कमलेशदेवी गुप्ता रहेका छन । नवगठित नेतृत्वलाई प्रदेश नं. ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले सफथ ग्रहण गराएका छन ।
लामो समय सम्म धर्मशाला व्यवस्थापन समितिमा बिवाद हुदा समितिले पुर्णता पाउँन सकेको थिएन । सफथ ग्रहण पछि शुभकामना व्यक्त गर्दै प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले गुप्ता समुदायले समाज विकासका लागि पु¥र्याएको योगदान महत्वपूर्ण रहेको वताए ।

दाङमा पुस्तौदेखि गुप्ता समुदायले व्यापार व्यवसाय संचालन गर्दै आएको भन्दै उहाँको योगदानले दाङको विकासमा टेवा पुगेको वताए । राज्यले हरेक बर्ग समुदायलाई राज्यको मुल धारमा ल्याउँन खोजेको उल्लेख गर्दै त्यसको छायाँ कल्पु धर्मशाला गठन गर्दा देखिएको वताएका थिए ।

कसौधन विराद सेवा समितिका उपाध्यक्ष विष्णु गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथी नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य धुव्रराज श्रेष्ठ भारी, नेकपा कार्यदल सदस्य शिवकुमार आचार्य, नेपाली काग्रेस दाङका उप–सभापति कमानसिङ भारती, वडा सदस्य गुलम रशुल लगाएतले वोलेका थिए ।
पूर्व उपाध्यक्ष नारायण गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव बशन्त गुप्ताले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*