Home / समाचार / प्रहरीलाई ५० इञ्चको एलइडी टिभी

प्रहरीलाई ५० इञ्चको एलइडी टिभी

घनश्याम बुढाथोकी
रोल्पा,१९ चैत । रोल्पाको एउटा वडा कार्यालयले यहाँको प्रहरीलाई ५० इञ्चको एलइडी टिभी सहयोग प्रदान गरेको छ । रोल्पा नगरपालिका वडा नं। ४ ले जिल्ला प्रहरी कार्यालयलाई ५५ हजार मुल्य बराबरको ५० इञ्चको एलइडी टिभी प्रदान गरेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीलाई विविध सूचना तथा श्रब्यदृष्य सामाग्रीको सूचना प्राप्त गर्न सहज होस भन्ने उदेश्य राखेर टिभी सहयोग गरिएको वडा नं। ४ का वडा अध्यक्ष नवराज आचार्यले बताए ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दीपक खड्काले प्रहरीलाई एलइडी टिभी सहयोग स्वरुप प्रदान गरेकोमा वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले आगामी दिनमा पनि प्रहरी, स्थानीय तह र जनतासंगको साझेदारीमा काम गर्न सके समाजका धेरै अपराध न्यूनिकरण हुने आशा व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*