Home / Feature Breaking news / काग्रेस सभापति देउवा लमही आउँदै
Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

काग्रेस सभापति देउवा लमही आउँदै

दाङ,१९ चैत । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा लमही आउने भएका छन । यहि चैत्र २० गते नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले नेपाली काग्रेसले निर्माण गर्न थालेको क्षेत्रीय पार्टी कार्यालयको शिलन्यास गर्न देउवा दाङ आउन थालेका हुन ।

त्यस अवसरमा विपिको शालिक समेत शिलन्यास गरिने भएको छ । नेपाली काग्रेस क्षेत्र न.१ ले सोमवार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरि पार्टी सभापति लमही आउन थालेको जानकारी दिएको हो ।
सभापति देउवा आज चैत १९ गते साँझ लमही आईपुग्ने भएका छन । चैत २० गते भोली विहान लमहीको रातो डाडामा क्षेत्रीय पार्टी कार्यालयको शिलन्यास गर्ने छन भने दिउँसो लमहीमा क्षेत्रीय कार्यकर्ता भेलालाई संवोधन गर्ने कार्यक्रम रहेको नेपाली काग्रेस क्षेत्र नं. १का क्षेत्रीय सभापति भेषराज पाण्डेयले जानकारी दिए ।

उक्त कार्यक्रममा पार्टी सभापति देउवासँगै नेपाली काग्रेसका केन्द्रीय शिला खड्का, केन्द्रीय सदस्य पार्वति डिसी चौधरील, सासद बिमला नेपाली, पूर्व सांसद कृष्ण किशोर घिमिरे ,सुशीला चौधरीलगायतका नेताहरु आउने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*