Home / समाचार / जिपी फाउण्डेशनको प्रेस सल्लाहकारमा डिसी

जिपी फाउण्डेशनको प्रेस सल्लाहकारमा डिसी

तुलसीपुर,१८ चैत्र । गिरिजाप्रसाद कोईराला फाउन्डेशन तुलसीपुर उप–महानगर समितिको प्रेस सल्लाहकारमा सुवास डिसी चयन भएका छन् । फाउण्डेशनका तुलसीपुर नगर अध्यक्ष डिल्ली वहादुर डाँगीको अध्यक्षता तथा फाउण्डेशनका प्रदेश सदस्य केशव आचार्यको प्रमुख आतिथ्य एवं नेपाली कांग्रेसका क्षेत्रिय सभापति जगतबहादुर खड्काको विशिष्ट आतिथ्यमा वसेको वैठकले पत्रकार सुवास डिसीलाई फाउण्डेशनका गतिविधिको प्रचार प्रसार तथा सुचना तथा संचार सम्वन्धी आवश्यक सल्लाह सुझावका लागी प्रेस सल्लाहकारको रुपमा मनोनित गरेको हो ।

त्यस्तै वैठकले हिजो बरा, पर्सालगायतका जिल्लामा आएको हावा हुरीबाट २ दर्जन वढिको मृत्यु भएको श्रद्धाञ्जली व्यक्त गर्दै सैयौं घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारसंग आवश्यक क्षतिपुर्तिका लागी माग गर्ने समेत निर्णय गरेको छ ।

साथै वैठकले नयां वर्षको उपलक्ष्यमा नेपाली कांग्रेस तथा फाउण्डेशनका केन्द्रिय नेताहरुको उपश्थितिमा शुभकामना आदान प्रदान गर्ने निर्णय गरेको वैठकपछि फाउण्डेशनका नगर सचिव निम वहादुर केसीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*