Home / Feature Breaking news / बेसहरा वृद्ध दम्पतीको घर निर्माण हुदै

बेसहरा वृद्ध दम्पतीको घर निर्माण हुदै

दाङ,१८ चैत । घोराही उपमहानगरपालिका वडा नं. १२ सिस्नेरी निवासी वृद्ध दम्पती तीर्थराम महरा र रमाकुमारी महराका लागि घर निर्माण हुने भएको छ । जीर्ण टहरामा दिन काट्दै आएका ५६ बर्षिय तीर्थराम र ६४ बर्षीय रमाकुमारीकालागि नयाँ घरको निर्माण काम थालनी भएको छ ।

बैदेशिक रोजगारीका लागि विभिन्न देशहरुमा बस्दै आएका नेपालीहरुको सहयोगमा दुई कोठे पक्की भवन निर्माण् हुने भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १२ सिस्नेरीमा निर्माण हुने घरको एक औपचारिक कार्यक्रमका विच जगको पुजा गरिएको छ ।

d

घरको वृद्धा रमाकुमारी महरा, घोराही उपमहानगरपालिका वडा नं. १२ का कार्यवाहक अध्यक्ष सुख चौधरी, एओन टेलिभिजनका प्रवन्धक अमृतमान वली, पत्रकार तथा गीतकार लोकराज अधिकारीले संयुक्त रुपमा जग पुजा गरेका थिए ।

एओन टेलिभिजनको युटुवबाट करिव डेढ महिना पहिले वृद्ध दम्पतिको कष्टर जीवन सम्वन्धी भिडियो सार्वजनिक भएपछि देश–विदेशमा रहेका नेपालीले घरनिर्माणमा सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए । त्यही अनुसार करिव डेढ लाख रुपैयाँ संकलन भएपछि घर निर्माणको काम सुरु गरिएको एओन टेलिभिजनका प्रवन्धक अमृतमान वलीले जानकारी दिए ।

dgg

वृद्धवृद्धाको छोराछोरी नभएको र साँझ विहान दुई छाक खान लाउनलाई समेत समस्या देखेपछि आफुले घर निर्माणको लागि अभियान चलाएको वलीले बताए ।
पाल्पा जिल्ला निवासी हाल रोजगारीको सिलसिलामा कतारमा रहेका इश्वर काफ्लेलगायतका विदेशमा रहेका नेपालीसँगै स्वदेशमा रहेका नेपालीको सहयोगमा घरनिर्माण हुन थालेको प्रवन्धक वलीले जानकारी दिए । काफ्ले गीतकार तथा पत्रकार लोकराज अधिकारीमार्फत घर निर्माणसँगै बृद्धबृद्धाको हेरचाह गर्ने जिम्मा लिएका छन । इश्वर काफ्लेले एक लाख र अन्य विदेशमा बस्ने नेपालीवाट करिव ५० हजार रुपैयाँवाट घरनिर्माणको काम सुरु भएको भन्दै प्रवन्धक वलीले अन्यलाई समेत सहयोग गर्न आग्रह गरे ।

IMG_4881-1024x683

दुई कोठे घर बैशाख महिनासम्म निर्माण गरि सक्ने निर्माण व्यवसायी कमानसिंह वलीले बताए । करिव तीन लाखको लागतमा निर्माण हुन थालेको घरसँगै वृद्धवृद्धाहरुलाई खाने, बस्नेत कपडालगायतको व्यवस्था गरिने भएको छ ।

aa

वलीका अनुसार घर निर्माणका लागि इश्वर काफ्लेसँगै अहिलेसम्म अम्बिका खनाल पाँच हजार छ सय, मुकेश रिजालबाट तीन हजार दुई सय, कल्या नानुवाट एक हजार पाँच सय, अञ्जु विश्वकर्मावाट १४ हजार ७५ रुपौयाँ, सोहन विकवाट एक हजार रुपौयाँ, छविलाल मगरवाट ७२ हजार दुई सय ९५ रुपौयाँ संकलन भएको त्यस अवसरमा जानकारी गरएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*