Home / Feature Breaking news / वृद्धवृद्धालाई भोजन गराउने समाजसेवी डाँगी

वृद्धवृद्धालाई भोजन गराउने समाजसेवी डाँगी

सुवास डिसी
तुलसीपुर,१८ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का एक वृद्ध समाजसेवीले वडाभरीका वृद्धवृद्धाहरुलाई भेला गराएर खाजा खुवाएका छन् । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र प्रिगाँउँँमा सांस्कृतिक कार्यक्रम सहित तुलसीपुर ११ प्रिगाउका ८० वर्षीय समाजसेवी भोलाप्रसाद डाँगीले झण्डै एक हजार जेष्ठनागरिक तथा शुभचिन्तकहरुलाई चियां खाजा खुवाएका हुन् ।

जेष्ठ नागरिकहरुलाई सवैले सम्मान गर्ने परिपार्टि वसाल्न आफुले थोरै खर्च गरेर चियां नास्ता खुवाएर सम्मान गरेको समाजसेवी डाँगीले वताए ।
पछिल्लो समयमा वृद्धवृद्धाहरुलाई वोझको रुपमा लिने समस्या देखा परेकाले वृद्धवृद्धाहरुलाई सवैले सहयोग र सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन आफुले खाजा खुवाउने कार्यक्रम गरेको उनले वताए । आगामी दिनहरुमा समेत वृद्धवृद्धाहरुलाई सम्मान तथा भोजन कार्यक्रम गर्र्ने पनि समाजसेवी भोला प्रसाद डांगीले वताए ।

वृद्धाश्रममा जम्मा भएका वृद्धवृद्धाहरुलाई निरन्तर सम्मान तथा खानपानको व्यवस्था गर्न आवश्यक ध्यान दिन समेत सरोकारवालाहरुलाई उनले सुझाए ।
ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष घनश्याम बस्नेतको अध्यक्षमा आयोजित उक्त कार्यक्रममा स्थानिय अगुवाहरु तथा वृद्धवृद्धाहरुको सहभागिता रहेको थियो ।

डांगीले गरेको उदाहरणीय कार्यले अरुलाई पनि वृद्धवृद्धाहरुलाई सम्मान गर्न प्रेरणा दिएको स्थानिय अगुवा समाजसेवी खिव वहादुर वलीले वताए । त्यस अवसरमा श्रीराम गौतमको नेतृत्वमा रहेको भजनमण्डलीले दिनभर भजनकृतन समेत गरेको थियो । स्थानीयहरुले भजनमा नाचगान सहित रमाईलो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*