Home / समाचार / घोराहीमा यामाहा महा मेला सोमवारदेखि

घोराहीमा यामाहा महा मेला सोमवारदेखि

दाङ,१७ चैत । यामाहा महा मेला दाङको घोराहीमा आज सोमवारदेखि सञ्चालन हुने भएको छ । घोराहीको कर्मचारी मिलकेन्द्रको दक्षिणतिरको मैदानमा हुने यामाहा महा मेलाको सम्पूर्ण तयारी पुरा भएको श्रेष्ठ अटोमोवाइल्सले आइतवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

यामाहा महा मेलामा बिभिन्न कम्पनिका मोटरसाइकल तथा स्कूटर एक्स्चेन्ज गरिने भएको छ । कुनै पनि ब्राण्डको पूरानो बाइक तथा स्कूटरको न्यूनतम मूल्यांकन ३० हजार हुने, कुनै पनि ब्राण्डको पूरानो बाइक तथा स्कूटरको प्रचलित बजार मूल्यभन्दा १० हजार थप मूल्यांकन, प्रत्येक मोटरसाइकल तथा स्कूटर खरिदमा ६ हजार छुटको सुविधा प्रदान गरेको यामाहा बाइकको आधिकारीक विक्रेता श्रेष्ठ अटोमोवाइल्सका दिपक श्रेष्ठले राप्ती सन्देश अनलाईनलाई जानकारी दिए ।

त्यस्तै बाइक कभर, हेल्मेट, स्पोर्ट व्याग, ग्लोवस्, लेगार्ड, म्याट महा मेलामा पाइने आयोजकले जानकारी दिएको छ । महा मेलामा सांगीतिक र मनोरञ्जनका साथमा फ्रि चेकअप क्याम्प, स्लो वाइक रेस, फेस पेन्टिङ्गको सुविधामा प्रदान गरिएको यामाहा कम्पनीका एरिया सेल्सम्यान दिनेश केसीले जानकारी दिए ।

सांगितीक कार्यक्रममा स्थानीय कलाकारहरुलाई सहभागी बनाइने आयोजकले जानकारी दिए । त्यस्तै स्लो मोटरसाईकल दौड तथा हाजिरीजवाफ प्रतियोगिता यामाहा महा मेलामा सञ्चालन गरिने भएको छ । यामाहा महा मेला यहि चैत्र १८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । त्यस्तै श्रेष्ठ अटोमोवाइल्सले आफना ग्राहकका लागि प्रत्येक साता लक्की ड्रका माध्यमवाट एक जनालाई सुनको सिक्का प्रदान गर्नका साथै न्यूनतम मुल्यमा फाइन्सासको व्यवस्था गरिदिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*