Home / समाचार / स्वर्गीय खड्काको स्मृतिमा दिप प्रज्वलन

स्वर्गीय खड्काको स्मृतिमा दिप प्रज्वलन

दाङ,१६ चैत । नेपाली काँग्रेस दाङसहित विभिन्न भातृ संगठनले स्वर्गीय नेता खुमबहादुर खड्काको प्रथम स्मृति दिवसका अवसरमा शनिवार घोराहीको तुलसीपुर चोकमा दिप प्रज्वलन गरेका छन ।

नेपाली काग्रेस दाङ पार्टीसहित नेपाल तरुण दल, महिला संघ दाङ, नेपाल विद्यार्थी संघ, दलित संघले सयुक्त रुपमा पूर्वमन्त्री समेत रहेका विकासप्रेमी नेता खड्काको सम्झनामा दिप प्रज्वलन गरेको हो । दिप प्रज्वल कार्यक्रममा काग्रेस पार्टीका तथा भातृ संगठनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

त्यस्तै नेपाली काग्रेस दाङले खड्काको प्रथम स्मृति दिवसका अवसरमा देउखुरीको लमहीमा कार्यक्रम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*