Home / Feature Breaking news / सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेनः संग्रौला

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेनः संग्रौला

दाङ,१४ चैत्र । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले भ्रष्टाचारलाई स्थागत गर्ने काम वर्तमान सरकारले गरेको बताएकी छिन । नेपाल प्रेस युनियन दाङ शाखाले विहिवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य संग्रौलाले राज्यको केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचार भईरदा पनि बर्तमान सरकारले नियन्त्रण नगर भ्रष्टाचारलाई सस्थागत गर्ने काम गरेको आरोप लगाएकी हुन ।

उनले सरकारले शान्ति ,समृद्धि र सुशासनका कुरा गर्ने तर व्यवहारमा आफै भ्रष्टाचारमा संलग्न भएको बताइन् । ‘सरकार व्यवहारमा सुशानका कुरा गर्ने तर आफै भ्रष्टाचारमा संलग्न भईरहेको छ’,पत्रकार सम्मेलनमा संग्रौलाले भनिन्,‘त्यसका लागि खवरदारी गर्न हामी देशव्यापी रुपमा जागरण अभियान चलाएका छौँ ।’ संग्रौलाले वाइडबडी जहाज खरिद, ३३ किलो सुन काण्डका दोषीलाई कारवार्ही नगर्नु, वुढिगण्डकीको ठेक्का बिना टेण्डर दिनु तथा प्रधानमन्त्रीले एकलैटी रुपमा अधिकार कुण्ठीत गर्न खोज्नुले भ्रष्टाचारलाई संरक्षण गर्ने गरेको बताइन ।

dila

 

त्यस्तै निर्मला पन्तका हत्यारालाई सरकारले दरवारभित्रै संरक्षण गरेकाले बलात्कारपछि हत्या भएको आठ महिनासम्म पनि पक्राउ पर्न नसकेको बताइन । ‘सरकारले चाहेको भए, हत्यारलाइृ पक्राउ गर्न सक्थ्यो’, उनले भनिन्,‘हत्यारालाई सरकार कारवार्ही गर्नेभन्दा पनि संरक्षण गर्ने काममा लागेको छ ।’ उनले पार्टीको नेतृत्व गर्न महिलाहरु सक्षम भएको बताइन । ‘पार्टीमा भाग पु¥याउनका लागि महिलाहरु आएका छैनन्’,पत्रकार सम्मेलनमा संग्रौलाले भनिन,‘ नेपाली काग्रेसको ,नेतृत्व लिन समेत सक्षम छन ।’ त्यसैका लागि अहिले महिलाहरु संघर्ष गरिरहेको समेत बताइन ।

प्त्रकार सम्मेलन प्रेस युनियन दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको थियो । पत्रकार सम्मेलनको सहजीकरण प्रेस युनियनका जिल्ला सचिव आरके शीतलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*