Home / Feature Breaking news / रतनपुरको महायज्ञमा दान अनुसारको सम्मान गरिने

रतनपुरको महायज्ञमा दान अनुसारको सम्मान गरिने

घोराही, १२ चैत
घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरमा रहेको मावि रतनपुरमा यही चैत १४ देखी २० गतेसम्म सञ्चालन हुने महायज्ञमा दान गर्ने दाताहरुलाई दान अनुसारको सम्मान गरिने भएको छ ।

विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि आयोजना हुने “श्रीमद् भागवत्, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५” मा दान गर्ने दाताहरुलाई दान अनुसारको सम्मा गर्ने आयोजक मूल समितिले जानकारी दिएको छ ।

जस अनुसार ९ सय ९९ रुपैयासम्म दानपेटिकामा राख्ने, १ हजार दान गर्नेको रसित काटिने, ५ हजार सम्म दान गर्नेलाई प्रमाणपत्रले, १० हजारसम्मलाई फ्रेमसहित प्रमाणपत्रले, १० देखी २५ हजारसम्म दान गर्ने दातालाई स्वर्ण फ्रेमसहित प्रमाणपत्रले, २५ हजारदेखी ५० हजारसम्म दान गर्ने दातालाई स्वर्ण फ्रेमसहित दम्पतीलाई सम्मान गर्ने आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै ५० हजारदेखी १ लाखसम्म दान गर्ने दातालाई दम्पतिसहित परिवारलाई सम्मान गरिने, १ लाख १ हजारदेखी २ लाख ५१ हजारसम्म दान गर्ने दातालाई सम्मान सहित बाजागाजासहित यज्ञ परिसर परिक्रमा गराई विदालयको आजिवन सदस्य बनाईने, २ लाख ५१ हजारदेखी ५ लाख १ हजारसम्म दान गर्ने दातालाई शिलालेखमा तिनपुस्ते नाम लेखी एक कोठाको नामाकरण गरिने, १० लाखदेखी २५ लाखसम्म दान गर्ने दातालाई बाजागाजासहित भव्य सम्मान गरि ताम्रपत्रमा तीनपुस्ते लेखी दाताले ईच्छाएको एक कोठाको नामाकरण गरिने संयोजक न्यौपानेले बताउनुभयो ।

यसैगरि २५ लाख ५ हजारदेखी ५० लाखसम्म दान गर्ने दातालाई बाजागाजासहित सम्मान सहित ताम्रपत्रमा तीनपुस्तेको नाम लेखी, अर्धकट्टी शालिक निर्माण गर्ने र ५० लाखभन्दा बढि दान गर्ने दाताहरुलाई आयोजक मूल समितिको निर्णय अनुसार विशेष सम्मान गरिने मूल समितिका संयोजक न्यौपानेले जानकारी दिनुभयो ।

यसका साथै भूमीदान, जिन्सीदान, तुलादान गर्ने दाताहरुलाई मुल्यांकनका आधारमा सम्मान गरिने र दान गर्ने संघसंस्था, निकाय, समूहरुलाई पनि दान अनुसारको सम्मान गरिको महायज्ञका महासचिव दिपक दाहालले जानकारी दिनुभयो ।
महायज्ञको मुख्य वाचकमा बालव्यास पण्डीत नारायण न्यौपाने रहनुहुने विद्यालयका प्रधानाध्यापक विरबहादुर रावतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*