Home / समाचार / आधुनिक गीत प्रतियोगिता बिजयी प्रथम

आधुनिक गीत प्रतियोगिता बिजयी प्रथम

अमर क्षितिज भण्डारी
दाङ, ११ चैत । रेडियो नेपालको ६९औँ बार्षिक उत्सबको अवसरमा प्रादेशीक प्रसारण केन्द्र प्रदेश नम्मर ५ ले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगीता–२०७५ सम्पन्न भएको छ ।

सोमवार भएको राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगितामा दाङका बिजय परीयार प्रथम, दाङकै शरद समिप द्धितीय र बर्दियाका प्रभात सुबेदी तृतीय भएका छन ।

प्रतियोगीतामा प्रथम हुनेलाई मेडल सहित नगद १० हजार, द्धितीय हुनेलाई मेडल सहित ७ हजार ५ सय र तृतीय हुनेलाई ५ हजार रुपैया पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा बिजयी हुनेहरुले यही १८ गते काठमाडौमा हुने फाइनल प्रतियोगितामा ७ वटै प्रदेशवाट छानिएका प्रतिष्पर्धीसंँग प्रतिष्प्रधा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*