Home / Feature Breaking news / बाख्रा पाउँदा किसानमा उत्साह

बाख्रा पाउँदा किसानमा उत्साह

तुलसीपुर,११ चैत्र । व्यावसायिक ढँगले वाख्रापालन गरिरहेका किसानहरुलाई तुलसीपुर उपमहानगरपालिकाले वाख्रा वितरण गरेको छ । उपमहानगरपालिकाको वडा नम्वर १४ ले व्यावसायिक किसानहरुलाई वाख्रापालन गरेको हो ।

किसानहरुलाई वाख्रा वितरण गर्दै नगरप्रमुख घनश्याम पाण्डेले कृषकहरुलाई सहयोग पुग्ने खालका कार्यक्रम सञ्चालनमा उपमहानगरपालिकाले ध्यान दिएको वताए । उनले जीवन निर्वाहमुखी कृषि प्रणाली भन्दा माथि उठेर व्यावसायिक ढँगले कृषि उत्पादनमा ध्यान दिनुपर्ने वताए । विकास भनेको पूर्वाधार निर्माण मात्रै नभएर मानिसको जीवनस्तर वदल्नु भएको उनको भनाई थियो । “काम, परिश्रम र आम्दानी वढाउनका लागि हामी सधै लाग्नु पर्दछ” नगरप्रमुख पाण्डेले भने ।

त्यस अवसरमा ३४ वटा किसानहरुलाई २ वटा र ११ किसानहरुलाई १, १ वटा वाख्रा का दरले ७९ वटा वाख्रा वितरण गरिएको थियो । ५ वटा माउ वाख्रा भएकालाई २ वटा र सो भन्दा कम भएकालाई एउटा वाख्राका दरले वितरण गरिएको थियो ।

कार्यक्रममा किसानहरुलाई पशुपालनका वारेमा जानकारी दिदै पशु शाखा प्रमुख सुदाम भट्टले हाडनाता प्रजनन गराउँदा वाख्राको उत्पादन घट्दै गएको वताएका थिए । उनले घाँसमा आधारित पशुपालनमा किसानले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा नेकपाका नेता लक्ष्मण शर्मा, वलवहादुर विक, समाजसेवी हुर्मत केसी लगायतले मन्तव्य राखेका थिए । वडाध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सीता केसीको स्वागत मन्तव्य र सहजिकरण वन्धु चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*