Home / Feature Breaking news / एसइई परिक्षाका आजदेखि, दाङमा ११ हजार बढि विद्यार्थी सहभागी

एसइई परिक्षाका आजदेखि, दाङमा ११ हजार बढि विद्यार्थी सहभागी

दाङ,१० चैत । यस वर्षको एसइई परिक्षा आज(आइतवार)देखि सुरु हुदैछ । आजदेखि सुरु हुन थालेको एसइई परिक्षाको सम्पुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ दाङले जनाएको छ । यसबर्ष एसइई परिक्षा सञ्चालनका लागि जिल्लामा ४४ परिक्षा केन्द्र निर्धारण गरिएको छ ।

यसबर्ष जिल्लामा ११ हजार ५ सय ४८ विद्यार्थीले एसइई परिक्षा दिदैछन । एक सय ४८ जना विगत पाँच बर्षदेखि परिक्षा दिन थालेका विद्यार्थी छन र ३ सय ७९ जना एकदुई बर्ष पुराना विद्यार्थीहरु छन । पुराना एक सय ४८ जना विद्यार्थीहरुको लागि घोराहीको सुभप्रभात माध्यामिक विद्यालयलाई परिक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका सूचना अधिकारी देवमणि चौधरीले बताए । ३८ वटा समुदायिक विद्यालय तथा ६ निजी विद्यालयमा एसइई परिक्षा केन्द्र तोकेको सूचना अधिकारी चौधरीले बताए । सवै विद्यार्थीलाई पायक पर्ने र सुरक्षाका दृष्टिले उपयुक्त रहेका विद्यालयहरुमा समितिले परिक्षा केन्द्र तोकेको दावि गरेको छ । त्यस्तै यसबर्ष खुल्ला अन्तर्गत विद्यार्थीहरुले माध्यामिक विद्यालय तुलसीपुर सेन्टरवाट परिक्षा दिने भएका छन । दुई सय ८ जना विद्यार्थीले परिक्षा दिदैछन । एक सय १५ जना छात्र र ९३ जना छात्राहरु छन ।

त्यस्तै प्राविधिक धारतर्फका विद्यार्थीका लागि घोराहीको दीपशिखा आवासीय माध्यामिक विद्यालयलाई सेन्टर तोकिएको छ । जिल्लामा प्राविधिक धारतर्फ पढाई हुने सात वटा विद्यालयहरु रहेका छन । जसमा दुई सय ७३ जना विद्यार्थीहरु रहेकाका सूचना अधिकारी चौधरीले बताए चौधरीका अनुसार प्राविधिक धारतर्फ एक सय ४५ छात्र र एक सय २८ जना छात्राहरु छन ।

सूचना अधिकारी चौधरीका अनुसार ९१ सामुदायिक विद्यालय र ९२ निजी विद्यालयका विद्यार्थीहरु परिक्षामा सहभागी हुन थालेका छन । एसइई परिक्षा यसबर्ष चैत्र २२ गतेसम्म चल्ने छ । परिक्षाका लागि सम्पुर्ण परिक्षा केन्द्रमा उत्तर पुस्तीका पु¥याई सकेको कार्यालयले जनाएको छ । परिक्षा केन्द्रको संवेदनशिलताका आधारमा एउटा परिक्षा केन्द्रमा १५ जनासम्म सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*