Home / समाचार / भगवती माविका विद्यार्थीलाई विदाई

भगवती माविका विद्यार्थीलाई विदाई

दाङ ९ चैत । घोराही उपमाहनगरपालिका १९ को भगवती मावि सैघामा अध्ययनरत्त कक्षा १० का विद्यार्थीलाई विदाई गरिएको छ । कक्षा ९ का विद्यार्थीले औपचारिक कार्यक्रम गरेर एस.इ.इ.परिक्षा दिने ३० जना विद्यार्थीलाई विदाई गरेका हुन ।

कक्षा ९ मा अध्ययनरत्त छात्र ओमप्रकाश घर्तीको अध्यक्षता एवम विद्यालयका साहयक प्रधानाध्यापक प्रेमबहादुर घर्तीको प्रमुख आतिथ्यमा भएको विदाई कार्यक्रममा विद्यालयका शिक्षक विरबहादुर चौधरी र खिमा कुमारी पुनले शुभकामना मनतव्य राखेका थिए ।

विदाई भएर जाने विद्यार्थीले कक्षा ९ का विद्यार्थीलाई मायाँको चिनो सोरुप दुइ थान भलीवल र विद्यालयलाई भित्ते घडी दिएका थिए । कार्यक्रमको सहजिकरण कक्षा ९ का छात्रा सरिता रावतले गरेकी थिइन । यस वर्षको एसइइ परिक्षा आजदेखि सुरु हुदैछ । भगवती माविको सेन्टर घोराहीको पदमोदय माविमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*