Home / खेलकुद / साफ च्याम्पियन बन्ने नेपालको सपना अधुरै

साफ च्याम्पियन बन्ने नेपालको सपना अधुरै

काठमाडौं,८ चैत । साफ महिला च्याम्पियनसीपको उपाधि उचाल्ने नेपालको सपनामा फेरि एक पटक भारत बाधक बनेको छ ।

विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले पाँचौ। पटक उपाधि जितेको हो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।

घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । तर, २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल गरिन् ।

त्यसको १० मिनेटपछि साबित्रा भण्डारीले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा फर्काइन् । तर, दोस्रो हाफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*