Home / Feature Breaking news / महामन्त्री कोइराला दाङ आउने

महामन्त्री कोइराला दाङ आउने

दाङ,८ चैत । नेपाली काग्रेसका महामन्त्री सशांक कोइराला दाङ आउने भएका छन । तत्कालिन सशस्त्र द्धन्द्धका क्रममा मारिएका काग्रेसका शहिदहरु माधव  रावत र लाल वहादुर घर्तिको स्मृतिमा निर्माण गरिएको शालिक अनावरण गर्न महामन्त्री कोइराला दाङ आउन थालेका हुन ।

यहि चैत्र १२ गते घोराही उपमहानगरपालिका वडा नं. १९ सैघामा निर्माण गरिएको शालिक अनावरण गर्न काग्रेसका महामन्त्री कोइरालाले गर्ने कार्यक्रम रहेको नेपाली काग्रेस दाङका जिल्ला सभापति किर्तिबहादुर खड्काले जानकारी दिए । कार्यक्रममा महामन्त्री कोइरालालगायतका अन्य पार्टीका केन्द्रीय तहका नेताहरु दाङ आउने कार्यक्रम रहेको उनले बताए । स्वर्गीय रावत र घर्तिलाई द्धन्द्धको समयमा तत्कालिन माओवादीले मारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*