Home / Feature Breaking news / दाङमा यात्रुबहाक बस दुर्घटना, २९ यात्रु घाईते

दाङमा यात्रुबहाक बस दुर्घटना, २९ यात्रु घाईते

दाङ,४ चैत । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ यात्रु घाईते भएका छन् । रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउदै गरेको ना ४ ख ६०९४ नम्वरको बस सोमवार दिउँसो सवा तीनबजेतिर दुर्घटनामा परेको हो ।

तीब्रगतिका कारण गाडी अनियन्त्रित भई घोराही उपमहानगरपालिका वडा नं. १३ को बराहकुने दह नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

durghatna

प्रहरीका अनुसार बसमा ३४ जना यात्रु रहेका थिए । साथै सबै घाईतेहरुको उद्धार गरि अस्पताल पठाईसकिएको उनको भनाई छ । गाडी सडकभन्दा ५० मिटर तल खसेको छ ।
घाईतेमध्ये दुईजनाको अबस्था गम्भीर रहेको प्रहरी उपरीक्षक पाण्डेले बताए । उनका अनुसार एउटाको टाउकोमा र अर्कोको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*