Home / Feature Breaking news / बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूह विजेता

बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाडौं,२ चैत । बंगलादेशमाथि शानदार जित निकाल्दै घरेलु टोली नेपाल पाँचौं महिला साफ च्याम्पीयनसिप फुटबलमा समूह ए को विजेता बनेको छ ।

एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको नेपाल समूहको अन्तिम खेलमा बंगलादेशमाथि ३–० को जित निकाल्दै समूह ए को विजेता बनेको हो । नेपालको जितमा साबित्रा भण्डारी र मन्जली योन्जनले गोल गरिन् । १ गोल नेपालले उपहार पाएको थियो । नेपालले अब सेमिफाइनलमा समूह बि को उपबिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
बिराटनगरस्थित सहिद रंशगालामा नेपालले ६ मिनेटमा नै उपहार गोलबाट अग्रता लिएको थियो । बगलादेशकी मसुरा परभिनले हेडमार्फत क्लियर गर्ने क्रममा आफनै पोष्टमा गोलगरेपछि घरेलु टोली नेपाल अग्रता बनाउन सफल भयो । २३ औं मिनेटमा साबित्रा भण्डारीले नेपालको अग्रता दोब्बर पारिन् । बंगलादेशकी गोलकिपर रुप्ना चक्मालाई बिट गर्दै साबित्राले टोलीको अग्रता दोब्बर पारेकी थिइन् । यो गोलसँगै साबित्राको अन्तराष्ट्रिय गोलसङख्या २४ पुगेको छ ।

लगत्तै ५ मिनेटपछि बंगलादेशका रक्षकको गल्तीमा मन्जली कुमारी योन्जनले नेपालको अग्रता ३–० मा पुर्याइन् । यसअघि मन्जलीले भुटानबिरुद्धको खेलमा १ गोल गरेकी थिइन् । पहिलो हाफमा ३–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा केही अवसर खेर फाल्यो । बंगलादेशका रक्षकले सम्हालिएर प्रदर्शन गर्दा नेपालले दोस्रो हाफमा गोल गर्न नकसेपनि ३ –० को गोलअन्तरले विजय भयो । नेपाल र बंगलादेशबीच पछिल्लो कात्तिकमा ओलम्पीक छनोटमा प्रतिस्पर्धा भएको थियो । जहाँ नेपाल र बंगलादेशले एक–एकको बराबरी खेलेका थिए ।

पराजित भएपनि बंगलादेश समूह बि को उप विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बंगलादेशले यसअघि भुुटानलाई २–० को गोलअन्तरले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*