Home / समाचार / दोस्रो मेयर कपका बिजेता खेलाडीलाई सम्मान

दोस्रो मेयर कपका बिजेता खेलाडीलाई सम्मान

दाङ,१ चैत्र । घोराही उप–महानगरपालिकाद्धारा सञ्चालन गरिएको दोश्रो मेयरकप रनिङ फुटवल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । मेयर कपको बिजेता घोराही उपमहानगरपालिका वडा नं १३ का खेलाडीहरूलाई वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

वडा कार्यालयले शुक्रवार घोराही उपमहानगरपालिका वडा नं.१३ को धार्मिक तथा पर्यटकिय स्थल बारकुने दहमा आयोजना गरेको वन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीले खेलाडीलाई नगदसहित खेलाडी, प्रशिक्षक, व्यवस्थापकलगाएतलाई सम्मान गरेका हुन ।

वडा नं. १३ का वडाध्यक्ष रबिलाल घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहाल, उपमहानगरपालिकाका ईन्जिनियर रामधन श्रेष्ठ, रेफ्रि डिएन दाहाल, ज्यामिरेदह वन उपभोक्ता समुहका गोपाल गिरी , वडा सदस्य हरि घर्ति, केशव गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*