Home / Feature Breaking news / दाङमा आक्रामक बन्यो ट्राफिक प्रहरी

दाङमा आक्रामक बन्यो ट्राफिक प्रहरी

दाङ, १ चैत

ट्राफिक नियम विपरित चल्ने सवारी साधनलाई कडाईका साथ कारबाही गर्न ट्राफिक प्रहरी लागिपरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ नियम विपरित चल्ने सवारी साधनमाथी आक्रामक रुपमा प्रस्तुत भएको छ ।

53716794_372416496677500_5212524725930033152_n

शुक्रवार घोराहीको ट्राफिक चोक लगायत विभिन्न स्थानमा भएको सवारी चेकजाँचको क्रममा ४० बढि सवारी साधनलाई कारबाही गरिएको छ ।

53717335_970417599835295_6951481087713345536_n

ग्याँसको सिलिण्डर, दुध राखिएका ड्रमहरु बोक्ने मोटरसाईकलहरु, गाडीको कालो सिसा, पोशाकबिना चलेका अटो रिक्सा, आभरलोड सामान बोक्ने टिप्परहरु, साईड लाईट एवं लुकिङ ग्लास नभएका सवारी साधनहरुलाई कारबाही गरिएको थियो ।

53761169_818238071881086_1899258650237599744_n

धेरै पटक सम्झाउदा पनि अटेर गरेपछि कारबाही गर्न सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुँवरले जानकारी दिनुभयो ।

54519995_1125961457576650_5157702363204550656_n

नियमको उंलग्घन गर्ने सवारी चालकहरुलाई शुक्रवार प्रहरी नावय निरिक्षक नन्द पोख्रेलले सचेत गराउनुभएको थियो ।

54462509_2187464131584297_2404549226055860224_n

सरकारी गाडी प्रहरीको निशानामा

शनिवारको दिन सरकारी गाडीमाथी दाङमा ट्राफिक प्रहरीले निगरानी बढाएको छ । विगत केही हप्तादेखी शनिवारको दिन अनुमति नलिएर चलेका सरकारी सवारी साधनलाई कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । यसलाई हरेक शनिवार चेकजाँच गरिने प्रहरी निरिक्षक मदनबहादुर कुँवरले जानकारी दिनुभयो ।

ट्राफिक नियमको पालना गर्ने यातायात समितिको प्रतिवद्धता

ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्ने यातायात समितिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्लामा रहेका हरेक यातायात समितिहरुले ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता सहितको पत्र ट्राफिक प्रहरीलाई बुझाएका छन् । प्रहरीको पत्र अनुसार यातायात समिति एव) प्रालिहरुले पूर्ण रुपमा ट्राफिक नियमको पालना गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रहरी निरिक्षक कुँवरले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*