Home / Feature Breaking news / सिके रावतसंगको सम्झौता भ्रमपूर्णः थापा

सिके रावतसंगको सम्झौता भ्रमपूर्णः थापा

तुलसीपुर,२७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले सिके रावतसंग गरेको सम्झौता भ्रमपूर्ण रहेको बताएका छन् ।

राप्रपाको राष्ट्रिय स्वाभिमान यात्राको तेह्रौं दिन सोमवार तुलसीपुरको बिरेन्द्र चोकमा भएको सभामा सरकारले आफ्नो अभिष्ट पूरा गर्न यस्तो सम्झौता गरेको आरोप लगाए । संझौताको भएपनि रावतले तराइलाइ भिन्न बनाउने माग नछोड्नुु देशको लागि घातक हुने बताए ।

रिपोर्टस् क्लब दाङको आयोजनामा भएको सभामा अध्यक्ष थापाले राप्रपाले धर्म निरपेक्षता गणतन्त्र र संघीयताको बिषयमा पुनःबिचार गर्नुपर्ने माग राख्दै आएको समेत बताए । यी मागका बिषयमा पुर्नबिचार नगरे चैत १ गतेदेखिसंघर्षमा जाने चेतावनी दिए । त्यसैगरी उनले सर्वपक्षिय गोलमेच सम्मेलन वा गोलमेच सम्मेलन गरेर भएपनि धर्मनिरीपेक्षतालाई हटाई नेपाललाइ हिन्दु राज्य घोषणा गर्नुपर्ने पनि उनको माग छ ।

अध्यक्ष थापाले आफुले पार्टीको एजेण्डा छाडेर सरकारमा नगएको पनि स्पष्ट पारे । ‘राजसंस्था सहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य राप्रपाको मुल एजेण्डा हो’ उनले भने‘ यो एजेण्डा छोडेर हामी सरकारमा सहभागि हुन सक्दैनौं ।’

कार्यक्रममा विसं २०६२ र ०६३ को आन्दोलनपछि राष्ट्रघाति नागरीकता ऐन ल्याएर सरकारले हजारौं विदेशिलाइ नागरीकता दिएको तथा सनातन धर्म र संस्कृतिमाथि आक्रमण गरेको भन्दै त्यसका विरुद्ध यो अभियान सुरु भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*