Home / Feature Breaking news / दैलोमै ‘मोवाइल’ मिल

दैलोमै ‘मोवाइल’ मिल

लिलाधर वली
दाङ, २६ फागुन । खेतबारी जोत्नलाई प्रविधिको प्रयोगले किसानलाई सहज बनाइदिएजस्तै पछिल्लो समयमा धान कुट्नलाई घरमै कृषि उद्योग पुग्न थालेपछि सेवाग्राहीलाई सहज भएको छ । केही महिना पहिलेसम्म धानको थैलो पिठ्युँमा बोकेर मीलसम्म पुग्ने घोराही–५ भैंसापथ्रा निवासी चिन्ताकुमारी वली अहिले घरमै धान कुट्न थालेकी छिन् । धान कुट्नलाई घरमै धान कुट्ने कृषि यन्त्र (मील) आउन थालेपछि धेरै सजिलो भएको उनले बताइन् ।

उनका अनुसार घरमै धान कुटिन थालेपछि धानको बोरा बोकेर मील जानुपर्ने वाध्यता हटेको छ । ‘गाउँमा धान कुट्ने मील नहुँदा पहिले आधाघण्टासम्म हिड्नुपर्ने वाध्यता थियो’– उनले भनिन् ‘अब पिठ्यूँमा धानको बोरा बोकेर मील जानुपर्ने वाध्यता हटेको छ ।’ फोनकै भरमा धान कुट्नलाई घरमै कृषियन्त्र (मील) आउने भएपछि आपूmजस्तै अन्य महिलाहरुलाई समेत सहज भएको उनको भनाई छ । घरमै धान कुट्न सकिने भएपछि समयको बचतसँगै दुःख पनि कम हुने उनले बताइन् ।

प्रविधिको विकाससँगै घरआँगनमै धान कुट्नलाई मेसीन आउने भएपछि गाउँमा महिलाहरुलाई सहज भएको अर्का सेवाग्राही दुर्गा डाँगी बताउँछन् । घरआँगनमै धान कुट्ने व्यवस्था नहुँदा महिलाहरुलाई धान कुट्नलाई टाढा जानुपर्ने वाध्यता थियो, अहिले त्यो हटेको उनी बताउँछन् । ‘घरआँगनमै धान कुटिदिने मील आउन थालेपछि सेवाग्राहीलाई धेरै राहत भएको छ’–सेवाग्राही डाँगीले भने–‘नत्र धानको थैलो बोकेर मीलससम्म जानुपर्ने वाध्यता थियो ।’ प्रविधिको विकासले गाउँका धेरैलाई खुशी बनाइदिएको उनको भनाई छ ।

धान कुट्नलाई घरमै मीलसहितको टेक्टर आउने भएपछि उनीहरुजस्तै धेरै सेवाग्राही खुशी भएका छन् । घोराही–९ कटुकीका जुद्धबहादुर चौधरीले प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तर्गत उनले धान कुट्न मिल्ने कृषियन्त्र किनेपछि घर–घरमै धान कुट्ने सुविधा सेवाग्राहीले पाएका छन् । चौधरीले गत असोज महिनामा धान कुट्ने मेसिन किनेका हुन् । करिब सात लाख रुपैयाँमा किनेको बताउने चौधरीलाई पछिल्लो समय धान कुट्नलाई धेरै गाउँहरुबाट बोलाइने गरेको बताउँछन् ।

‘धान कुट्नलाई घरमै हामी जाने भएपछि धेरै गाउँबाट बोलाउने गुर्नहुन्छ’–उनले भने–‘जसले गर्दा किसानलाई धान कुट्नलाई टाढा जानुपर्ने बाध्यता हटेको छ ।’ किसानको घरदैलोमै धान कुटिदिने व्यवस्था भएपछि महिला दिदीबहिनी खुशी हुने गरेको समेत उनले बताए । चौधरीले प्रतिकिलो दुई रुपैयाँका दरले धान कुट्ने गरेका छन् । कटुकी निवासी चौधरी धान कुट्नलाई कटुकीसँगै दुन्द्रा, शुक्रवार, नैनवार, भैंसाप्रथा, सेवार, मर्पा, एकलघरुवालगायतका गाउँमा जाने गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*