Home / Feature Breaking news / टमाटरको मुल्य तोक्न पाउदैनन् कृषक

टमाटरको मुल्य तोक्न पाउदैनन् कृषक

दाङ,२६ फागुन । घोराही उपमहानगरपालिका वडा नं १८ मसिनाको सिङगो गाउ भरिनै टमाटर खेती गरिएको छ । केही स्थानमा टमाटर पाकेर रातै भएका छन् भने केही स्थानमा टमाटर झाल चढेका छन् । केहीवर्ष अघिसम्म तोरी खेती गरिने जमिनमा आम्दानी राम्रो हुने भएपछि त्यसक्षेत्रका किसान टमाटर खेतीतर्फ लागेका हुन । तर उनीहरुले सोचे जस्तो मुल्य पाउन सकेका छैनन ।

मसिनाका किसानहरु मात्र नभएर जिल्लाका कृषकहरुले आफैले उत्पादन गरेका तरकारीको मुल्य आफैले तोक्न पाउने गरेका छैनन् । अहिले बजारमा टमाटरको भाउ सोध्नु भयो भने जवाफ आउछ प्रतिकिलो २० रुपैयाँ । तर, कृषकहरुको घर–बारीमा भने १० रुपैयामा पनि टमाटर विक्रि नहुने गरेको कृषकहरु बताउछन् । कृषकले उत्पादन गरेको ठाउँमा जाने सस्तोमा खरिद गर्ने बजारमा महंगो भाउमा बेचबिखन गर्ने समुह सक्रिय बनेको छ । यसलाई रोक्नका लागि कुनै पनि निकायले पहल नगरेको कृषकहरुको गुनासो रहेको छ ।

विचौलीकाको कारण कृषकहरुले उत्पादन गरेका तरकारी सस्तो भाउमा विक्री गर्ने गर्दछन् । जसले गर्दा दुख गरेर उत्पादनगर्ने कृषकहरु मारमा पर्ने गरेका छन् । तरकारी बेच्दाको समयमा उनीहरुलाई मुल्य समेत थाहा हुँदैन । खरिदकर्ताले आफै तौल गर्ने र आफै मुल्य गरेर पैसा दिने गरेको कृषकहरु बताउछन् ।

घोराहीउपमहानगर पालिका वडा नम्वर १८ मसिनामा गठित मिलीजुली कृषक समुहका अध्यक्ष अनिता वुढाले आफुहरुले उत्पादन गरेको टमाटरको मुल्य आफुहरुले तोक्न नपाउने गरेको बताइन । ‘हामीले उत्पादन गरेको टमाटरको मुल्य हामीले नै तोक्न पाउदैनौ’, अध्यक्ष वुढाले भनिन । व्यापारीले जति मुल्य लगायो त्यही रकममा दिनु पर्ने वाध्यता रहेको छ ।

हामीले छुट्टै वजारको व्यवस्था गर्ने सक्दैनौँ । अहिले समुहले उत्पादन गरेको टमाटर १० रुपैयामा विक्रि गर्ने गरेको बताइन । व्यवापरीले टिप्न पठाएपछि टमाटर टिप्ने गरेको बताइन । उनीहरुले १.११ हेक्टरमा टमाटर खेती गरेका छन् । समुहले जग्गा भाडामा लिएर टमाटर खेती गरेको हो । समुहले प्रतिकट्टा ५ हजारका दरले भाडा तिर्ने गरेको अध्यक्ष वुढाले जानकारी दिइन । समुहका सदस्य अम्विका वुढाले पनि टमाटरको वजारी करण हुन नसकेको बताइन ।

उनले वजारी करण हुन नसक्दा सस्तोमा विक्री गर्नु पर्ने वाध्यता रहेको बताइन । ‘दुख गरेर उत्पादन गरिएको वस्तुको मुल्य हामी आफैले तोक्न पाउदैनौँ’ अम्विकाले भनिन । मिलीजुली कृषक समुहले साना तथा मझौता कृषक आय स्तर आयोजनाको सहयोगमा १.११ हेक्टरमा खेती गरेका छन् । त्यसै गरी सोही स्थानमानै महिलाहरुको आर्का समुह गठिन गरी टमाटर खेती गरिएको छ । अम्विकेश्वरी महिला समुह गठन गरि महिलाहरुले १३ विगाह जमिनमा टमाटर खेती गरेकाहुन । उनीहरुले पनि जग्गा भाडामा लिएर खेती गरिएको समुहका अध्यक्ष बसन्ता अर्यालले जानकारी दिइन ।

समुहले उत्पादन गरेको टमाटरले भाउ नपाएको अध्यक्ष अर्यालले बताइन । टमाटरको मुल्य नपाए पछि सस्तो मुल्यमा टमाटर विक्रि गर्नु पर्ने वाध्यता रहेको उनको भनाइ रहेको छ । ‘हामीले उपभोक्ताले किन्नु पर्ने मुल्यको आधा मुल्य पनि पाउदैनउ’अध्यक्ष अर्यालले भनिन । यसले गर्दा दुःख गर्ने कृषलाई मार पर्ने गरेको उनको भनाइ रहेको छ ।

व्यपारीले मुल्य तोकेर लग्ने गरेको समुहले जनाएको छ । ‘बारीमा कुहाएर फाल्नु भन्दा जति भन्छन त्यतीमा दिनु पर्ने वाध्यता छ’ अध्यक्ष अर्यालले भनिन । वाहिर जिल्लामा आफैले लगेर विक्रि गर्ने समस्या रहेको उनको भनाइ छ । यसरी सस्तो मुल्यमा विक्री गर्नु भन्दा टमाटरको रस वनाउने प्रविधि र तालिम दिएमा कृषहरुलाई राहत मिल्ने अर्यालको भनाइ छ ।उनीहरुले साना तथा मझौता कृषक आय स्तर आयोजनाको सहयोगमा व्यवसायिक रुपमा टमाटर खेती गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*