Home / खेलकुद / दाङ क्रिकेट लिग DCLको दोस्रो संस्करण स्थगित

दाङ क्रिकेट लिग DCLको दोस्रो संस्करण स्थगित

लक्ष्मण बस्नेत
दाङ,२१ फागुन । दाङ क्रिकेटको बिकास गर्नको लागि दाङमा पहिलो पटक फ्रेन्चाईज लिगको अबधारणामा सञ्चालन भएको दाङ क्रिकेट लिग DCL को दोस्रो संस्करण केही समयको लागि स्थगित गरिएको छ ।
दङ्गाली युथ क्लबको आयोजनामा दाङ क्रिकेट लिग DCL को दोस्रो संस्करण यहि २०७५ चैतको पहिलो सातादेखि सञ्चालन हुने भनिए पनि अहिले दाङमा क्रिकेट मैदानको पुर्वाधार बिस्तारको साथै संरचना निर्माणका कामहरु भइरहेको हुँदा मैदानको समस्या भएकोले खेल स्थगित गरिएको दङ्गाली युथ क्लबका कोषाध्यक्ष सुजित शर्माले जानकारी दिए ।

साथै खेलमैदानको मर्मत सकिए पश्चात दाङ क्रिकेट लिग ुम्ऋीु को दोस्रो संस्करण सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ८० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने शर्माले जानकारी गराउनु दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*