Home / Feature Breaking news / मेन्समा टेन्डी र ओमन्समा अमिता बने च्याम्पियन

मेन्समा टेन्डी र ओमन्समा अमिता बने च्याम्पियन

लक्ष्मण बस्नेत
दाङ,२१ फागुन । दाङको तुलसीपुरमा सम्पन्न प्रदेश नं ५ स्तरिय टेवल टेनिस छनोट प्रतियोगिताको मेन्स् सिंगलमा बाँकेका टेन्डी शेर्पा र ओमन्स् सिंगलमा रुपन्देहीकी अमिता थापा च्याम्पियन बनेका छन् ।
मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति नेपालगंज र दाङ जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा संचालित प्रतियोगिताको फाईनलमा रुपन्देहीका कपिल थापालाई ४–२ को सेटमा पराजीत गर्दै शसक्त र सानदार जित निकालेका टेन्डी मेन्स् सिंगलको च्याम्पियन बनेका हुन । त्यस्तै दाङकी पवित्रा खनाललाई फाईनलमा ४–० को सोझो सेटमा पराजीत गर्दै शानदार जित निकाल्दै अमिता ओमन्स सिंगलको च्याम्पियन बन्न सफल भएकी हुन ।

बृहत आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मा प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्न फागुन १९ गतेदेखि संचालन भएको प्रतियोगितामा प्रदेश नं ५ का ११ जिल्लाका महिला तथा पुरुष गरि ४८ जना खेलाडी विच कडा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताबाट मेन्स् सिंगलतर्फ बाँकेका टेन्डी शेर्पा, रुपन्देहीका कपित थापा, प्युठानका प्रजोल के।सी।, रुपन्देहीका प्रवेश बस्नेत र कपिलवस्तुका तिलक अधिकारी त्यस्तै ओमन्स् सिंगल तर्फ रुपन्देहीका अमिता थापा, दाङकी पवित्रा खनाल, रुपन्देहीका स्वीकृती श्रेष्ठ, दाङकी रोषणी अधिकारी र गीता अर्याल प्रदेश नं ५ टेवल टेनिसको छनोटमा पर्न सफल भएका छन् ।

यसैविच प्रतियोगिताको समापन समारोह प्रदेश नं ५ स्तरिय खेलुकद संचालन समितिका सह संयोजक दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं टेवलटेनिसका चिफकोच बिनोद शाक्यको विशिष्ट आतिथ्यमा भएको थियो ।

टेवलटेनिस संघका उपाध्यक्ष ऋषि राज लहरे अरुणले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा छनोटमा पर्न सफल खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथी तथा अन्य अतिथीहरुले मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको संचालन टेवल टेनिस संघका सदस्य लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*