Home / Feature Breaking news / वडामा विकासको जग बसालेका छौँः वडाध्यक्ष चौधरी

वडामा विकासको जग बसालेका छौँः वडाध्यक्ष चौधरी

घोराही नगरपालिकालाई उपमहानगरपालिका वनाउदाँ साविककको लक्ष्मीपुर गाविसका १,२,३ र ६ नम्वर वडालाई समायोजन गरेर घोराही उपमहानगरपालिका वडा नं. ३ बनाईयो । नगरका प्राय वडाहरुमा आफनै भवन रहेको छ । तर ३ नं. वडा कार्यालयको भवन छैन । स्वास्थ्य चौकी छैन । जसका कारण काम गर्न धेरै कठिनाई हुने गरेको छ । घोराही–लमही सडक खण्डसँग जोडिएको वडा भएपनि धेरै बस्तीहरु विकट क्षेत्रमा छन । ती बस्तीका जनताहरुलाई वडा कार्यालयले कसरी सेवा प्रदान गरिरहेको छ भन्ने विषयमा रहेर वडा नं. ३ का अध्यक्ष माधव चौधरीसँग पत्रकार लिलाधर वलीले गरेको कुराकानी ।

प्रश्नः तपाईलाई स्वागत छ ?

उत्तरः धन्यवाद । जनप्रतिनिधिको तर्फबाट आफ्ना र वडा कार्यालयबाट भएका कामका बारेमा कुरा राख्ने अवसर दिएकोमा ।

प्रश्नः स्थानीय तहको निर्वाचन भएको झण्डै डेढ वर्ष भयो, यो विचमा तपाईले वडाको विकासका लागि के के काम गर्नुभयो ?

उत्तरः हामी वडामा जनप्रतिनिधिका रुपमा निर्वाचन भईसकेपछि धेरै काम गरेका छौँ । ३ नम्वर वडा सुगम क्षेत्र देखिएता पनि धेरै दृष्टिले विकट छ । अहिलेसम्म आफनै वडा कार्यालयको आफनै भवन छैन । जनतालाई स्वास्थ्य सेवा प्रदानका लागि स्वास्थ्यचौकी छैन । प्राविधिक शिक्षा सञ्चालनकालागि विद्यालय छैन ।

mad

यी समस्याहरुका बाफजुत पनि हामीले यो डेढ बर्षको अवधिमा गाउँमा विग्रिएका धेरै सडकहरु निर्माणसँगै सडकको नयाँ ट्रयाक निर्माण गर्ने काम गरेका छौँ । खानेपानी समस्या समाधानका पहल गरेका छौँ । खानेपानी समस्या समाधानका लागि वडा स्तरवाट हुने स्थानमा वडावाट बजेट गर्ने र वडाको बजेटवाट सम्भव नहुने स्थानहरुमा नगर, प्रदेश र खानेपानी कार्यालयको माध्यमवाट योजना निर्माणका लागि योजना पर्नका लागि सर्वे गर्ने काम गरेका छौँ । वडामा आफुहरु आईसकेपछि पहिलो प्राथमिकतामा सडकलाई राखेर वडाका सवै बस्तीहरुमा सडक पु¥याउने काम गरेका छौँ । सिचाईको व्यवस्थासँगै महिला, युवा,सँगै लक्षितवर्गका समुदायहरुको क्षमता विकास गर्ने काम गरेका छौँ ।

प्रश्नः वडामा वजेटको अवस्था कस्तो छ ?

उत्तरः वडामा चालु आर्थिक बर्ष ७५÷०७६ मा उपमहानगरपालिकाको एक करोड रुपैयाँ हो । त्यसमध्य प्रशासनिक खर्चमा १० लाख रुपैयाँ लाग्ने गरेको छ । बाँकी ३० लाख सामाजिक विकासतर्फ काम गर्ने गरेका छौ भने त्यसवाट बचेतको ६० प्रतिशत रकमवाट वडाको पूर्वाधार विकासको काम गर्ने गरेका छौँ । त्यसैगरेर केही नगरस्तरीय योजना र केही प्रदेश स्तरीय र केन्द्र सरकारका योजनाहरु समेत वडामा परेका छन । जसवाट वडाको विकास निर्माणको काम भईरहेको छ ।

प्रश्नःचालु आर्थिक वर्षमा विकास निर्माण कामहरु कसरी गरिरहनु भएको छ ?

उत्तरः वडाको बजेटवाट छुट्याईका विभिन्न योजनाहरु अहिले निर्माणका चरणमा रहेका छन । अहिलेपनि म सडक निर्माण गर्नेस्तलमै छु । ३ नम्वर वडाको पहिलो प्राथमिकता भनेकै वडाका सवै बस्तीमा सडक पु¥याउने र ग्राभेल गर्ने रहेको छ । त्यही अनुसार अहिले काम भईरहेको छ ।

त्यस्तै बेलुवादेखि भानपुर जोड्ने सडकमा कल्र्भट निर्माण, मुसोटखोलामा खानेपानी समस्या समाधानका लागि ट्याङकी निर्माण , मुसोट खोला हाइवेदेखि जुरपानीसम्म सडक निर्माण, झिङनी बञ्जाडी माध्यामिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ७ लाख रुपैयाँवाट अहिले काम भईरहेको छ । त्यस्तै अन्य बसकुर्मा निमावी , प्रावि बेलुवा, प्रावि मसोट खोलालगायतका विद्यालयको भौतिक पूर्वाधार तथा नगरको बजेटवाट यो बर्ष बेलुवादेखि दामोदर सडक जोड्ने बाटो पक्की हुदैछ । त्यस्तै अन्य रणनैतिक सडकहरु समेत निर्माण हुने प्रक्रियामा रहेका छन ।

प्रश्नः विकासका योजनाहरु छनोट कसरी गर्नुहुन्छ ?

उत्तरः वडामा बस्तीस्तरवाट योजना छनोट गर्ने गरेका छौँ । जनताका आवश्यकताहरुलाई ध्यानमा राखी वडाका सवै बस्तीहरुवाट योजना माग्ने गरेका छौँ । बस्तीस्तरमा भेला गरि आएका योजनाहरुलाई आवश्यकताका आधारमा मुल्याङकन गरि योजनाहरु बनाउने गरेका छौ ।

त्यस मध्य वडास्तरवाट पुरा हुने योजनाहरु वडाले र वडाको बजेटले पुरा गर्न नसकिने योजनाहरुलाई नगर, प्रदेश र संघीय सांसदहरुका माध्यमवाट समेत गर्ने गरेका छौँ । हरेक योजना उपभोक्ताहरुमार्फतनै छनौट भएकाले कुनै विवाद देखिएको छैन । योजना छनौट पहुंचका आधारमा नभएर आवस्यकताका आधारमा भैरहेका छन्, ताकि यसले सवै जनताको आकांक्षालाइ सम्वोधन गर्न सकोस ।

प्रश्नः वडाको समृद्धि केमा खोज्दै हुनुहुन्छ ?

उत्तरः वडा नं. ३ को चौपट्टामा रहेको मन्दिरलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने सोचमा छु । यो दाङ उपत्यकाको प्रवेशद्धार पनि हो । यहाँको आफनै विशेषताहरु रहेका छन । यो अहिले राष्ट्रिय वन क्षेत्रमा रहेकाले विकास गर्न सकिएको छैन । राष्ट्रिय वन क्षेत्रमा रहेको जमिनलाई धार्मिक वनका रुपमा मन्दिरको नाममा ल्याएर यस क्षेत्रको विकास गर्ने मेरो योजना रहेको छ ।
त्यसका लागि अहिलेको जमिन प्राप्त नभएकाले वन कार्यालयसँग करिव १५ विगाह क्षेत्र दिन माग गरेका छौँ । वनले उक्त जग्गा उपलव्ध गरामा गुरुयोजना निर्माण गरेर त्यस क्षेत्रलाई जिल्लाकै सम्पतिका रुपमा विकास गर्ने सोचाईमा रहेकाक छौँ ।

त्यससँगै ३ नं. वडा कृषि क्षेत्रका लागि राम्रो क्षेत्र हो । यद्यपी सिचाईको व्यवस्था नहुदा किसान समस्यामा छन । सिचाईको व्यवस्थाका लागि अमरे श्रोतमा ड्याम निर्माण गर्ने योजना बनाएका छौँ । झिङनी बबई, सिस्ने खोला खमारे अस्थायी बाधलाई पक्की बाधका रुपमा निर्माण गर्ने योजनामा लागेका छौँ । त्यस्तै रनगरियादेखि माथि वन क्षेत्रमा चमेरे गुफालाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने मेरो सोचाई रहेको छ ।

प्रश्नः ३ नम्वर वडा कार्यालयको आफनो भवन नै छैन, भवन निर्माण नहुँदा धेरै समस्या हुन्छन होला । भवन निर्माणको पहल गुर्नभएको छैन ?

उत्तरः वडा कार्यालयको काम गर्ने आफनै भवन नहुँदा धेरै समस्या हुने गरेको छ । त्यसका बाफजद पनि जनतालाई सहज रुपमा प्रभावकारी सेवा प्रदानमा लागि रहेका छौँ । वडा कार्यालयको भवन निर्माणका लागि दामोदर सडकले छोएको झिङनी खल्यानमा १३ कट््ठा आठ धुर जग्गामा भवन निर्माण गरिने भएको छ ।वडा कार्यालयको भवन नगरले बनाउने भएकाले त्यसफर्त पहल भईरहेको छ । अर्काे बर्षसम्म वडा कार्यालय भवन निर्माण हुने छ । त्यही स्थानमा स्वास्थ्य चौकी पनि निर्माण गर्ने बिचार गरेका छौँ ।

प्रश्नः करिव डेढ बर्ष जनताको काम गर्दा वडामा कस्त योजनाको आवश्यकता छ झै लागेको छ ?

उत्तरः ३ नम्वर वडामा जनताको पहिलो प्राथमिकता भनेकै सडक छ । त्यही जनताको चाहनालाई मध्यनजर गरेर हामी पनि पुराना सडकको मर्मत सुधार र नयाँ स्थानमा सडकको ट्रयाक खन्ने काम गर्दै आएका छौँ ।
सडकसँगैँ अर्काे आवश्यकता भनेको स्वास्थ्य हो । अहिले पनि वडामा स्वास्थ्यचौकी नहुदाँ सामान्य विरामी हुदाँपनि मानिसहरु लक्ष्मीपुर तथा घोराही जानुपर्ने बाध्यता रहेको छ । त्यो समस्या हटाउनका लागि जनताले स्वास्थ्य चौकी स्थापनाको काम गर्नुभएको छ । त्यस्तै वडामै प्राविधिक शिक्षा, बबई नदिने कटान गर्ने भएकाले तटवन्धन, कृषि योग्य जमिनमा सिचाईको व्यवस्थासँगै खानेपानीको व्यवस्था गर्न प्राय जनताको चाहना रहेको छ ।
त्यस्तै पहिलो समय वडाका जेष्ठ नागरिकहरुले एउटा भवनको माग गर्नुभएको छ ।

उहाँको मागलाई पुरा गर्नतर्फ लागेको छौँ । त्यसँगै कल्र्भट, विद्युत विस्तारलगायतका जनताका चाहनाहरु रहेका छन । त्यस्तै मसोट खोलामा झुलुङगे पुलको आवश्यक रहेको छ । त्यसका लागि पहल गरिरहेको छु । त्यस्तै वडामा कृषिको विकासका लागि सिचाईका व्यवस्था मिलाउनुपर्ने जनताको चाहना छ । त्यसतर्फ पनि मैले ध्यान दिएको छ ।

प्रश्नः वडामा जनप्रतिनिधि भएर काम गर्दा कस्ता खालका चुनौतीहरु आउने गरेका छन ?

उत्तरः जनताको काम जनताकै चाहना अनुसार गर्ने भएकाले चुनौति तँ आएका छैनन । तथापी वडा कार्यालयको आफनै भवन नहुदाँ काम गर्न धेरै समस्या भएको छ । अझ विकट क्षेत्रलाई समेटेर नयाँ वडा निर्माण भएकाले काम गर्न अप्ठेरो रहेको छ । ति अप्ठेराहरुलाई समाधान गर्न म लगायत सम्पुर्ण जनप्रतिनिधिहरु लागि परेका छौँ ।

जनताको पक्षमा काम गर्दा केही चुनौतिहरु आउने गरेका छन । ती चुनौतिहरुलाई छलफलका माध्यमवाट समाधान गरेर काम गर्दै अघि बढेका छौँ । हामी जनप्रतिनिधि भनेका जनताको सेवा गर्न आएको हौँ । सिमित बजेटमा धेरै काम गर्दाँ धेरै चुनौतीहरु छन् । वडामा प्रयाप्त बजेट छैन । जनताका धेरै चाहनाहरु रहेका छन ।

ती चाहनाहरुलाई प्राथमिकताका आधारमा काम गर्ने गरेका छौँ । कहिले काम जनताहरु विकास गर्दिएन भनेर कतिपय जनता रिसाउने काम गर्दछन । त्यी अप्ठेराहरुलाई समाधान गरेर विकास निर्माण गर्ने काममा लागेको छु ।

प्रश्नः वडा कार्यालयले दिने सेवाको प्रभावकारीता कस्तो छ ?

उत्तर ः भाडाको भवन भएपनि सेवा प्रभावकारी छ । अहिलेसम्म सेवाग्राही सन्तुष्ट रहनु भएको छ । तथापी वडाका कार्यक्रमहरु तथा तालिमहरु सञ्चालन गर्नका लागि भवन नहुँदा समस्या हुने गरेको छ ।वडाले एकिकृत सम्पत्तीकर अनलाइन सिष्टमा लग्ने काम गरेका छौँ । व्यक्तिगत घटना दर्ता लगायतका कामहरु अनलाइन सिष्टमबाट हुने गरेका छन । आफनै वडामा स्वास्थ्यचौकी नभएपनि लक्ष्मीपुर स्वास्थ्यचौकीसँग समन्य गरेर वडाका विभिन्न दुर्गम गाउँमा शिविर राख्ने सोच बनाएका छौँ । कार्यालयवाट प्रदान गरिने सेवा प्रवाह राम्रो भएन भनेर अहिलेसम्म जनताको गुनासो आएको छैन ।

प्रश्नः तपाईले अघि भन्नुभयो, वडामा खानेपानीको समस्या छ । खानेपानी समस्या समाधानका लागि के पहल गर्नुभएको छ ?

उत्तरः हो हाम्रो वडामा खानेपानीको धेरै समस्या छ । अझ भन्ने हो भने गर्मी मौषममा तँ धेरै नै समस्या हुने गरेको छ । वडाका भैसकुर्मा, ढगलपुर, बञ्जाडी, बेलुवा, झिङनी, गैरीगाउँ, गैराखुटी, मसोट खोलालगायतका क्षेत्रहरुमा खानेपानीको समस्या रहेको छ । ती स्थानका जनताको पहिलो प्राथमिकता नै खानेपानी समस्या समाधान गरिदिने हो ।

त्यसका लागि बेलुवा, बञ्जाडी, भैसकुर्मालगायतका स्थानमा खानेपानी योजना निर्माणका लागि सर्वेभईरहेको छ । झिङनीमा खानेपानी निर्माणको लागि गतबर्ष सर्वे भईसकेकाले यसबर्ष टेण्डर आव्हान हुने प्रक्रियामा रहेको खानेपानी कार्यालयले जनाएको छ । खानेपानी कार्यालयले गतबर्ष उक्त क्षेत्रमा पर्खाल लगाएर कामलाई अघि बढाई सकेको छ । खानेपानी समस्या समाधानका लागि वडावाट सक्ने ठाउँवाट वडा र नसकिने ठाउँमा माथिल्लो तहवाट योजना निर्माणको लागि पहल भईरहेको छ ।

प्रश्नःअन्त्यमा के भन्न चाहनु हुन्छ?
उत्तरः अन्यमा फेरी पनि मेरो र मैले वडा कार्यालयवाट गरेका कामका बारेमा कुराहरु राख्न दिएकोमा गोरक्ष दैनिक पत्रिकालाई धेरै धेरै धन्यावाद दिन चाहन्छु । अहिले हामीहरु वडाको विकासका लागि योजना बनाएर काम गरिराखेका छौ । विकास निर्माणमा जनताको साथ रहेको छ । आशा छ, हजुर र हजुरको सञ्चार माध्यमले आगामी दिनहरुमा पनि हामीलाई विकास निर्माणमा सहयोग गरिरहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*