Home / Feature Breaking news / यस्तो देखियो धारापानीको मेला (तस्वीरहरु)

यस्तो देखियो धारापानीको मेला (तस्वीरहरु)

घोराही, २० फागुन

शिवरात्रीको अवसरमा देशभरका शिवालयहरुमा आज सोमवार मेला लागेको छ । शिवालयहरुमा पूजाआजा गर्नकालागि र मेला भर्नकालागी भक्तजनहरुको बाक्लो भिड रहेको थियो । दाङका विभिन्न शिवालयहरुमा पनि सोमवार शिवरात्रीको अवसरमा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्ना धारापानीमा रहेको पाण्डवेश्वर मन्दिरमा सोमवार भव्य मेला लागेको छ । मेलामा दाङ लगायत विभिन्न जिल्लाबाट हजारौको संख्यामा भक्तजनहरुको सहभागीता रहेको थियो । विश्वको सबैभन्दा ठृलो त्रिशुल रहेको मन्दिरको रुपमा पहिचान बनाएको पाण्डवेश्वर मन्दिरमा लागेको मेलाको अवसरमा सांस्कृतिक कार्यक्रम पनि भएको छ ।

यस पाण्डवेश्वर महादृवको स्थापनामा कुरुक्षेत्रको धर्मयुद्धका विजेता पाण्डवहरु थकित र पश्चातापग्रस्त बन्दै सन्तानलाई राज्यारोहण गराई आफ्नो मुक्तीकालागी साक्षात् शिवको खोजीमा स्वर्गद्धारी पुग्ने क्रममा यही बाटो हुदै धारापानीलाई विश्रामस्थल बनाएर महादेव स्थापना गरि पूजा अर्चना गरेको किंवदन्ती यस स्थानको रहेको छ । प्राचिन ईतिहास किवदन्तिमै रहेर आधुनिकतातर्फ डोरिएको र यसले प्रमाणिकता महाभारतकालीनले पुष्टी गर्ने गरेको मन्दि। व्यवस्थापन समितिले जानकारी दिएको छ ।

पछिल्लो समय यो मन्दिरलाई पर्या पर्यटकीय क्षेत्र बनाउने उद्धेश्यकासाथ विभिन्न भौतिक संरचनाहरु निर्माण भईरहेका छन् ।
शिवरात्रीको दिनका केही दृष्यहरुः

1

2

3

4

Salon

IMG_0934IMG_0923

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*