Home / Feature Breaking news / शिवरात्रीमा नायक सलाेन बस्नेत दाङकाे धारापानीमा अाउदै

शिवरात्रीमा नायक सलाेन बस्नेत दाङकाे धारापानीमा अाउदै

घाेराही, १९ फागुन

महाशिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीमा हुने बृहत सांस्कृतिक कार्यक्रममा नायक सलाेन बस्नेत अाउने भएका छन् ।
हिन्दुहरुको महान् पर्व शिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्ना धारापानीमा रहेको पाण्डवेश्वर मन्दिरमा “महाशिवरात्री विशेष सांस्कृतिक कार्यक्रम” मा नेपाली चलचित्र क्षेत्रमा युवा पुस्ताका लाेकप्रीय नायक सलाेन बस्नेत अाउने आयोजकले जानकारी दिएको छ । बालकलाकार हुँदै नायकसम्म सँयाै चलचित्रमा अभिनय गरिसकेका बस्नेत पहिलाे पटक धारापानीमा अाउन लागेका हुन् । साेमवार उनकाे प्रस्तुति रहने छ ।
महाशिवरात्रीको अवसरमा लाग्ने मेलालाई मध्यनजर गर्दै वन वे फिल्मस् प्रा.लिको आयोजनामा हुने सांस्कृतिक कार्यक्रममा बस्नेत लगायत चर्चीत कलाकारहरूकाे प्रस्तुति रहने कार्यक्रमका संयाेजक सविन डाँगीले जानकारी दिनुभयाे ।

नायक बस्नेतकासाथै नेपाली लोकदोहोरी क्षेत्रकी चर्चीत गायिका शान्ति श्री परियार पनि अाउने भएकी छिन् । “बाेल माया एक वचन बाेल” बाेलकाे गीतबाट चर्चामा अाएकी गायिका परियारकाे पनि साेमवार प्रस्तुति रहने भएकाे छ । यस्तै गायक तथा मोडल सन्दिप न्यौपाने, मोडल अञ्जली अधिकारी, गायक विक्रम राना, बासुकला मैनाली, समीक्षा सेर्पाईली, देवेन्द्र बस्नेत, पिताम्बर रिजाल, खड्ग शर्मा लगायतका कलाकारहरुको प्रस्तुति रहने डाँगीले जानकारी दिनुभयो ।
कार्यक्रम उपस्थित हुनकालागी उहाँले सम्पूर्ण दर्शकहरुलाई अनुरोध पनि गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*