Home / Feature Breaking news / फेडवासन घोराहीको अध्यक्षमा रजौरे

फेडवासन घोराहीको अध्यक्षमा रजौरे

दाङ,१७ फागुन । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) घोराही उपमहानगर पालिका स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको अध्यक्षमा नारायणपुर खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रबण) चयन भएका छन ।

घोराहीमा भएको भेलाले रजौरेको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । महासंघको उपाध्यक्षमा बराहक्षेत्र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका मिना गिरि, सचिवमा हरिद्वार घनिबगिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उमानन्द खनाल, कोषाध्यक्षमा सिस्नेरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका खोपिराम पाण्ड,े सहसचिव चौघेरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका, सुमित्रा शर्मा रहेका छन ।
महासंघको सदस्यहरुमा हापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका लक्ष्मी केसी ,बर्गदुवा खापाका हिर कुमारी खनाल, रामपुर खापाका बसन्ता घर्ती , सुनपुर खापाका शिवचन्द्र रिजाल, सुबिधानगर खापाका तिला घर्ती, झुल्नेटा खापाका मेनका लम्साल रहेका छन ।

फेडवासनका जिल्ला अध्यक्ष ध्रुब ठकुरीको अध्यक्ष तथा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) दाङ शाखाका निवर्तमान अध्यक्ष पुष्पा श्रेष्ठ, सस्थापक अध्यक्ष मदुशुधन पौडेल, सस्थापक सदस्य कमल गौतम, नवनिर्वाचित अध्यक्ष कुलप्रसाद रजौरे (श्रबण)लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सहसचिव बलदेव मल्लले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको संचालक सचिब केशब दाहालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*