Home / समाचार / पाँच नं प्रदेश फोटो पत्रकार महासंघको संयोजकमा पौडेल

पाँच नं प्रदेश फोटो पत्रकार महासंघको संयोजकमा पौडेल

बुटवल,१७ फागुन । नेपाल फोटो पत्रकार महासंघ प्रदेश नम्बर ५ को संयोजकमा मनोज पौडेल चयन हुनुभएको छ । प्रदेश नम्बर ५ को राजधानी बुटवलमा शुक्रबार भएको महासंघको प्रदेशस्तरीय भेलाद्वारा पौडेल संयोजकमा सर्वसम्मत चयन भएका हुन ।

नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आले, उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरि रेग्मीको उपस्थितिमा पौडेल सर्वसम्मत चयन भएका हुन ।

सहसंयोजकमा सीपी खनाल चयन हुनुभएको छ भने सचिव कृष्ण दर्नाल, कोषाध्यक्षमा रोशनमान श्रेष्ठ ,सहसचिवमाशंकर खनाल र सदस्यहरुमा लक्ष्मण ढुंगाना,सागर रिजाल, रविन्द्र यादव, केशव राना, मीना ढकाल र खग प्रसाद चांपागाई चयन हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*