Home / Feature Breaking news / दाङमा जीप दुर्घटनाः २ जनाको मृत्यु, ५ जना घाईते

दाङमा जीप दुर्घटनाः २ जनाको मृत्यु, ५ जना घाईते

दाङ, १५ फागुन

दाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ दुधरासबाट छिल्लीकोट जाँदै गरेको लु १ च ५९१२ नम्बरको जीप दुर्घटना हुदा तुलसीपुर उप(महानगरपालिका १९ बासगढी र्का  १९ वर्षीय जीप चालक लाल बहादुर वली र तुलसीपुर उपमहानगरपालिका १९ छिल्लीकोटका ५५ बर्षीय अमर बहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दुर्घटनामा परि घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका  १९ छिल्लीकोटका ४४ वर्षीय कणबहादुर खड्का, सोही ठाँउ निवासी १६ वर्षका लिला बहादुर खड्का, घोराही उपमहानगरपालिका  १५ का २२ वर्षका सपना सिंह ठकुरी रहेका छन् । ३ जनाको सकुशल उद्धार गरिएको छ ।

वुधवार बेलुका करिक साढे ५ बजेको समयमा सो दुर्घटना भएको थियो । पिकअप जिप सडकबाट अन्दाजी १ सय मिटर तल खसेको छ । जिपमा १० सवार रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*