Home / Feature Breaking news / सांसद वलीको पार्थिव शरिरलाई दाङ ल्याईयो

सांसद वलीको पार्थिव शरिरलाई दाङ ल्याईयो

दाङ, १० फागुन । प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको शव दाङ ल्याईएको छ । उनको शवलाई अहिले नेकपाको तुलसीपुर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

उनको पार्थिब शरिरमा प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्ती, प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ का सचिब जगप्रसाद शर्मा‘अपार’लगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अर्पन गरेका छन् । घोराही–लमही सडक खण्डको चिसापानीमा करिव दुईसाता अघि सडक दुर्घटनामा परि गम्भीर घाइते भएका वलीको शुक्रवार विहान उपचारका क्रममा काठमाडौमा निधन भएको थियो ।

वलीको काठमाडौँको मेडासिटी अस्पतालमा उपचारका क्रममा शुक्रवार बिहान ३ बजेतिर निधन भएको थियो । दाङ क्षेत्र नं. ३ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद वलीको पार्थिब शरिरलाई शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जली अर्पनका लागि राखिएका थियो ।

त्यस अवसरमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, रक्ष मन्त्री इश्वर पोख्रेललगायतका मन्त्री, पार्टीका नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए । केन्द्रीय पार्टी कार्यालयमा अन्तीम श्रद्धाञ्जलीपछि वलीको पार्थिव शरिरलाई शरिरलाई हेलिकप्टरवाट दाङ ल्याइएको छ । हेलिकष्टरवाट तुलसीपुर स्थीत एयरपोर्टबाट सिधै नेकपाको तुलसीपुर स्थीत पार्टी कार्यालय लगिएको थियो । पार्टी कार्यालयमा नेकपालगायतका विभिन्न नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली दिएका थिए ।

सांसद वलीको पार्थिक शरिर शनिबार उनको घर दंगीशरण गाउपालिका–६ लेटार लगिने भएको छ । घरमा अन्तीम श्रद्धाञ्जलीपछि शनिबार नै उनको अन्तिम दाहसंस्कार गरिने पारिवारीक स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*