Home / Feature Breaking news / कुलपानी सामुदायिक वनको अध्यक्षमा शर्मा बिजयी

कुलपानी सामुदायिक वनको अध्यक्षमा शर्मा बिजयी

तिर्थराज ज्ञवाली
देउखुरी,९ फागुन । गढवा गाउँपालिका–१ बडहरामा रहेको कुलपानी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन । निर्वाचन समितिका संयोजक डिभिजन वन कार्यालयका फरेस्टर टोप बहादुर गुरुङका अनुसार शर्माले ३ सय ९४ मत प्राप्त गरि बिजयी भएका हुन ।

निर्वाचनमा उनकी प्रतिद्धन्द्धी अध्यक्षका उम्मेदवार विष्णुमाया बसेल पराजित भएकी हुन । उनले १ सय ५४ मत प्राप्त गरेकी थिइन । निर्वाचनमा ५ सय ७७ मत खसेको थियो । अध्यक्षमा निर्वाचित शर्माले वनको संरक्षण प्रवद्र्धनसँगै सही सदुपयोग र उपभोक्ताको वन पैदावार प्राप्तीका लागि काम गर्ने बताएका छन ।

वन समूहको साधारणसभा तथा अधिवेशनले सर्वसहमतिमा नेतृत्व चयन गर्न नसकेपछि भएको निर्वाचन भएको थियो । निर्वाचनमा नवराज शर्मा बिजयी भएका हुन ।
बाँकी अन्य पदमा भने सर्वसहमतिमै चयन गरिएको थियो । जस अनुसार उपाध्यक्षमा राकेश शर्मा, सचिवमा दिल सरी वि.क., कोषाध्यक्षमा पुष्पा चौधरी, सह–सचिवमा आईबहादुर बुढामगर चयन भएका छन ।

वन समूहको सदस्यहरुमा टेकराज खनाल, जुद्ध बहादुर विष्ट, मान बहादुर कुमाल, सरिता अधिकारी, जगीराम चौधरी, जग्गुप्रसाद चौधरी, मग्निराम चौधरी, विष्णु चौधरी, जलावति चौधरी, पुष्पा योगी, सीता थापा, सीता नेपाली, रामस्वरुप चौधरी, मुरारी चौधरी सर्वसहमत सदस्यमा निर्वाचित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*