Home / Feature Breaking news / फुलवारीवाट राजमार्ग जोड्ने ट्याक निर्माण हुँदै

फुलवारीवाट राजमार्ग जोड्ने ट्याक निर्माण हुँदै

दाङ ७ फागुन । तुलसीपुर उपमहानगरपालिका १३ फुलबारी र लमही नगरपालिका ९लार्इं जोडने सडकको(ट्याक) निर्माणको काम शुरु भएको छ । यो वर्षमात्र १२ किलोमिटर सडकको ट्याक खन्ने काम भएको छ । अव महेन्द्र राजमार्गसँग जोडनको लागि ५ किलो मिटर बाँकी छ । यो सडकको काम पुरा भएपछि राजमार्गको दुरी सवैभन्दा छोटो हुने छ । विगतका यो सडकमा सवारी साधन चलेपनि तुलसीपुर, अमेलीया र घोराही, लमही सडक बनेपछि त्यो सडक गोरेटो बाटोमा परिणत भएको थियो ।

स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत दाङ क्षेत्र न ३ का सासद हिराचन्द केसीले त्यो सडकको ट्याक खोल्नको लागि २५ लाख बजेट विनियोजन गरेका थिए । त्यो रकमबाट फुलवारीको कुटटीबाट ट्याक खोल्ने काम भएको स्थानीय मोहन पौडेलले बताए । यो वर्ष १२ किलोमिटर ट्याक खोल्ने काम पुरा भएको छ’ उनले भने ‘ अव बाँकी भाग ट्याक खोल्ने काम भएमा सवैलाई सहज हुने छ ।’ उनका अुनसार बाँकी भागको ट्याक खोल्नको लागि पहल भैराखेको समेत बताए । सासद केसीले बाँकी ५ भागमा ट्याक खोल्नको लागि आफुले पहल गरिहेको बताए । ‘प्रदेश र केन्द सरकारसँग बाँकी भागको ट्याक खोल्नको लागि पहल गरिहेको छु’ सासद केसीले भने ‘ सभवत यो वर्षमा रार्जमार्ग जोडने काम हुने छ ।’

यसैविच सो सडकको जिल्ला समन्वय समितिले अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा गएको टोलीले मगलवार सडकको अनुगमन गरेको हो । सडक निर्माणसँगै स्थानीय खुसी भएका छन । यो सडकले धेरैलाई प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ’ प्रमुख नेपालीले भने ‘ बाँकी भागको ट्याक खोल्नको लागि हामीले पनि सरकासँग समन्वय गर्ने छौ ।’ अनुगमनमा सासद केसी, जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, समन्वय अधिकारी कृष्ण प्रसाद गौतम, समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेत, नेकपाका नेताहरु मनोहर पौडेल, अमृत शर्मा र जिल्ला समन्वय समितिका प्राविधिक रामकुमार आचार्यको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*