Home / Feature Breaking news / युएनबिसी एकेडेमी र फुर्सेखाली बिजयी

युएनबिसी एकेडेमी र फुर्सेखाली बिजयी

घोराही, ६ फागुन । दाङको घोराहीमा फागुन २ गतेदेखि सुरु भएको प्रथम सहिद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिता अन्तर्गत पाँचौँ दिन सोमवार भएका दुई खेलमा युएनबिसी एकेडेमी र फुर्सेखाली युवा क्लब बिजयी भएका छन् ।

युएनबिसी एकेडेमीले रतनपुर ११ लाई २—० गोल अन्तरले बिजयी भएको हो । युएनबिसी एकेडेमीका तर्फबाट रुपक शाही र जुमनराज बुढाले १÷१ गोल गर्नुभएको थियो । खेलमा युएनबिसी एकेडेमीका लुबनसागर डिसीले रेड कार्ड पाएका थिए । उनले रेफ्रीलाई हात हालेपछि रातो कार्ड पाएका हुन । त्यसैगरी एकेडेमीकै सन्दिप वली र रतनपुर ११ का खेलाडी लोकराज थापाले पहेलो कार्ड पाएका थिए ।

यस्तै प्रतियोगिता अन्तर्गत पाँचौँ दिनको दोस्रो खेलमा फुर्सेखाली युवा क्लब बिजयी भएको छ । भरतपुर खेल मैदानमा भएको दोस्रो खेलमा फुर्सेखाली युबा क्लबले २—१ गोल अन्तरले अटल युवा क्लब निलोलाई हराएको हो ।

खेलमा फुर्सेखालीका तर्फबाट मनिष बुढा र बिराज रोकाले १÷१ गोल गर्नुभएको थियो । अटलका तर्फबाट थम्मन बुढाले सान्त्वना गोल गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुने फुटबल टीमले १ लाख ११ हजार १११ नगद, कप, मेडल, प्रमाण पत्र, दोस्रो हुनेले ५५ हजार ५५५ नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै तेस्रो र चौथो हुनेले समान १५÷१५ हजार नगद र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि घोराही निबासी गणेशप्रसाद रोका मगरले दुई लाख र बलिभद्र रानाले एक लाख सहयोग गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*