Home / Feature Breaking news / कांग्रेस दाङले प्रजातन्त्र दिवस मनाउने

कांग्रेस दाङले प्रजातन्त्र दिवस मनाउने

दाङ, ६ फागुन । नेपाली कांग्रेस दाङले यहि फागुन ७ गते ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने भएको छ । नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिको आइतवार बसेको बैठकले सो निर्णय गरेको हो । जिल्ला सभापति कृतिवहादुर खड्काको अध्यतामा बसेको बैठकले प्रजातन्त्रदिवस भव्यरुपले मनाउन सहभागिताकालागी आव्हान गरेको हो ।

बैठकले आउंदो ७ गते दिनको ११ बजे पार्टि कार्यालयमा आयोजना गरिएको प्रजातन्त्र दिवसमा सहभागि हुन पार्टिका भात्रिसंगठनहरु नेविसंघ, तरुण दल, महिला संघ, क्षेत्रीय समितिका पदाधिकारीहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कार्यसमितिका पदाधिकारीहरु, जनवर्गिय संगठनका पदाधिकारीहरु तथा नेपाली कांग्रेसका संपुर्ण सुभेच्छुक संस्थाका प्रतिनिधिहरुलाइ आव्हान गरिएको बैठकपछि सचिव शंकर प्रसाद डांगीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

त्यसैगरी बैठकले भर्खरै सम्पन्न भएको घोराही खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचनमा नेपाली कांग्रेस समर्थित प्यानलले विजयी हासिल गरेकोमा बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएको छ । त्यस्तै लेखापढि व्यवसायी समिति र निर्माण व्यवसायी संघमा पनि कांग्रेसका प्रत्यासी भएर निर्वाचनमा विजयी हुने सवैलाइ बधाइ ज्ञापन गर्ने निर्णय गरेको छ । बैठकले हालै नेपाली कांग्रेसको भ्रात्रिसंगठन नेपाल कृषि श्रमीक संघको केन्द्रिय सदस्यमा मनोनित भएका रेग वहादुर वलीलाइ पनि बधाइ ज्ञापन गरेको विज्ञप्तीमा जनाइएको छ ।

त्यसैगरी आइतवार सम्पन्न बैठकले नेपाली कांग्रेसले निर्माण थालेको घोराहीको विपिचौकमा निर्माणधिन विश्वेश्वरप्रसाद कोइरालाको शालिक निर्माणलाइ यथासक्य छिटो सम्पन्न गर्ने पनि निर्णय गरेको छ । यसकालागी आर्थिक व्यवस्थापन लगायतका सम्ंपुर्ण व्यवस्थापनमा साथ र सहयोगको पनि बैठकले अपेक्षा गरेको छ ।

त्यसैबीच नेपाली कांग्रेस त्रिपुरले पनि प्रजातन्त्र दिवस भव्य रुपले मनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस त्रिपुर इकाइ सभापति दिपक पाण्डेको अध्यक्षतामा सनीवार संपन्न बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आव्हान गरेको प्रजातन्त्र दिवसका अवसरमा जिल्ला पार्टि कार्यालयमा आयोजित कार्यक्रममा सहभागि हुन सवैमा अनुरोध गरेको छ । त्यसैगरी बैठकले आउंदो फागुन १० गते देखि त्रिपुर क्षेत्रका निजि तथा सामुदायिक संपुर्ण विद्यालयहरुमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियान सन्चालन गर्ने तयारी गरेको पनि बैठक पछि सभापति पाण्डेले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*