Home / समाचार / अटो इञ्जिनियरिङ एशोसियशनमा विवाद

अटो इञ्जिनियरिङ एशोसियशनमा विवाद

दाङ,५ फागुन । गाडी मेकानिक्सहरुको युनियन राप्ती अञ्चल अटो ईनिजनियरिङ एशोशियसन आन्तरिक बिबादमा परेको छ । एशोयिसनका केहि पदाधिकारीहरुले नेतृत्वको मनोमानी भएको भन्दै राजीनामा दिएका छन् । एशोसिएशनका बरिष्ठ उपाध्यक्ष हिरालाल विश्वकर्माले केहि दिन अघि मात्रै राजीनामा दिएका छन् ।

उनले एशोसिएशनका अध्यक्ष मनोमानवी तवरले चलेको भन्दै संगठनमा बस्नु उचित नरहेको वताएका छन् । यसैगरि एशोसियशनका सहकोषाध्यक्ष पुकार रावतले पनि पदबाट राजीनामा दिएका छन् । रिक्त रहेको कोषाध्यक्ष पदमा कार्य समिति सदस्यलाई चयन गरिएपछि उनले पनि राजीनामा दिएको वताए । आँफू सहकोषाध्यक्ष हुँदा हुँदै सदस्यलाई कोषाध्यक्षमा मनोनयन गरिनुले आँफ्नो र संस्थाको मानहानी भएको रावतले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*