Home / Feature Breaking news / लखन कपमा एसएसएफए र संगठित युवा क्लव विजयी

लखन कपमा एसएसएफए र संगठित युवा क्लव विजयी

दाङ, ३ फागुन । घोराहीमा विहिवारदेखि सुरु भएको लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको दोस्रो एसएसएफए तुलसीपुरले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन भएको पद्मोदय माबि घोराहीलाई ३—१ गोल अन्तरले एसएसएफए बिजयी भएको हो ।

खेलको पहिलो हाफको २४ औँ मिनेटमा एसएसएफएका मनिष भण्डारीले गोल गर्दै अग्रता गराए पनि ३६ औँ मिनेटमा पद्मोदयका रुपेश बाठा मगरले गोल गर्दै बराबरीमा ल्याएका थिए । खेलको दोस्रो हाफको ३७ औँ मिनेटमा एसएसएफएका निशान डाँगीले थप एक गोल गर्दै अग्रता गराएका थिए ।

निकै उत्कृष्ट खेलको अन्तिम समयमा एसएसएफएका प्रकाश न्यौपानेले थप एक गोल गर्दै जित सुनिश्चित गरेका थिए । त्यस्तै प्रतियोगिताको विहिवार भएको दोश्रो खेलमा ०–११ गोलले संगठित युवा क्लव विजयी भएको छ । मेघा युबा क्लब पहेलो र संगठित युबा क्लबबीच भएको खेलमा सुरुवाती समयदेखि नै दवाफ सिर्जना गरेको संगठित युवा क्लवले फराकिलो अन्तरले जितेको हो ।
संगठित युवा क्लबका तर्फबाट बिनोद केसी एक्लैले ८ गोल गरेका थिए । यस्तै प्रदिप थापा र घनश्याम डाँगीले १÷१ गोल गरेका थिए भने एक आत्मघाती गोल भएको थियो । त्यस्तै भोली पनि दुई खेल हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*