Home / खेलकुद / रोनाल्डोको प्रभाव स् युभेन्टसको ७० प्रतिशत गोलमा रोनाल्डोको भूमिका !

रोनाल्डोको प्रभाव स् युभेन्टसको ७० प्रतिशत गोलमा रोनाल्डोको भूमिका !

एजेन्सी
काठमाडँौ,३ फागुन । यसै सिजनको सुरुमा स्पेनिस रियल मड्रिड छाडेर इटालियन युभेन्टस गएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो नयाँ क्लबमा उच्च लयमा छन् । टोलीको जितमा उनले उत्कृष्ट प्रदर्शन गर्दै गोल र असिस्ट पनि उत्तिकै गरिरहेका छन् ।

युभेन्टस हालसम घरेलु लिग सिरी ‘ए’मा अपराजित रहेको छ । युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ भने कोपा इटालियाबाट आउट भएको छ । रोनाल्डोकै निर्णायक गोलमा युभेन्टसले केही समयअघि मात्रै सुपर कोपा इटालियाको उपाधि जितेको थियो ।

चर्चित पत्रिका ‘गाजेटा डेल्लो स्पोर्ट’मा प्रकाशित रिपोर्टअनुसार ३४ वर्षीय रोनाल्डो यो सिजन युभेन्टसले गरेका कूल गोलमध्ये ७० प्रतिशत गोलमा सोझो सहभागी भएका छन् । सो पत्रिकाले रोनाल्डोको प्रदर्शनको तारिफ गर्दै टुरिन आइपुगेको ६ महिनाकै बीचमा रोनाल्डोले आफ्नो उच्च प्रभाव छाडेको भन्दै उनलाई सिरी ‘ए’मा एक ‘नेता’को उपमा दिएको छ ।

उक्त रिपोर्टअनुसार यो सिजन युभेन्टसले गरेका गोलमध्ये ७० प्रतिशतमा रोनाल्डोको भूमिका छ । यो सिजन युभेन्टसले सबैखाले प्रतियोगिता गरेर कूल ५३ गोल गरेको छ । जसमा रोनाल्डोले कूल ३७ गोलमा विभिन्न हिसाबले भूमिका खेलेका छन् ।

उनले ३७ गोलमा असिस्ट र गोल गरी योगदान दिएका छन् भने टिमका अन्य सदस्यले गरेका गोलमा पनि अवसर सिर्जना गरेका छन् ।

रोनाल्डो अहिले सिरी ‘ए’लिगमा २३ खेलबाट १८ गोल गर्दै लिगको सर्वाधिक गोलकर्ताको सूचीको पहिलो नम्बरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*